एक्जिट पोलः दिल्लीमा आम आदमी पार्टी कै सरकार | Khabarhub Khabarhub

एक्जिट पोलः दिल्लीमा आम आदमी पार्टी कै सरकार


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– विधानसभा निर्वाचनअन्तर्गत शनिबार भारतको राजधानी दिल्लीमा भएको मतदानमा सत्तारुढ आम आदमी पार्टी नै विजयी हुने भारतीय सञ्चारमाध्यमले सर्वेक्षण गरेका छन् ।

भारतीय सञ्चारमाध्यमले एक्जिट पोल सार्वजनिक गर्दै ७० सिट रहेको दिल्ली विधानसभामा सत्तारुढ आम आदमी पार्टीले सरकार बनाउनका लागि पर्याप्त सिट जित्ने भारतीय सञ्चारमाध्यमको सर्वेक्षण छ ।

एबीपी–सीभोटरले सार्वजनिक गरेको सर्वेक्षणमा आम आदमी पार्टीले ४९ देखि ६३ सिट, केन्द्रको सत्तामा रहेको भारतीय जनता पार्टीले ५ देखि १९ सिट र कांग्रेस पार्टीले चार सीटसम्म जित्नसक्ने उल्लेख छ ।

त्यस्तै, टाइम्स नाउले सार्वजनिक गरेको एक्जिट पोल सर्वेक्षणमा आम आदमी पार्टीले ४४, भारतीय जनता पार्टीले २६ सिट जित्ने जनाएको छ ।
रिपब्लिकको एक्जिट पोलमा पनि आम आदमी पार्टीके जित देखिएको छ । रिपब्लिकको एक्जिट पोलमा आम आदमी पार्टीले ४८ देखि ६१ सिटसम्म जित्ने अनुमान छ ।

मतदानको औपचारिक नतिजा भने आगामी फेब्रुअरी ११ मा सार्वजनिक हुनेछ । ७० सदस्यको दिल्ली विधानसभाका लागि यस चुनावमा ६७२ जनाले उम्मेद्वारी दिएका छन् ।

शनिबार भएको मतदानमा राष्ट्रपति रामनाथ कोविन्द, पूर्व उपराष्ट्रपति हामिद अन्सारी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, मुख्यमन्त्री अरविन्द केजरीवाल, भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणी र केन्द्रीय मन्त्री हर्षवर्धन र एस जयशंकरले पनि मतदान गरेका छन् । त्यस्तै, कांग्रेस अध्यक्ष सोनिया गान्धीसहित नेताहरु नेता राहुल गान्धी र प्रियङ्का गान्धी वाड्राले पनि मत दिएका छन् ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ७ : ३४ बजे

गोरखामा बस दुर्घटना

काठमाडौं – मंगलबार बिहान गोरखामा रात्रिबस दुर्घटना भएको छ ।

देशभरको मौसम बदली रहने, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रियसभा बैठक बस्दै, निजामती विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक सोमबार बस्दैछ । बैठक

एससिओ शिखर सम्मेलनमा सहभागी प्रथम महिलाको जलयात्रा

थियानजिन – थियानजिन शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलनमा

राज्य व्यवस्थासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा संसदीय समितिका बैठक बस्दै