रोनाल्डोको गोलले पनि जोगाउन सकेन युभेन्टसलाई, हेलास भेरोनासँग पराजित | Khabarhub Khabarhub

रोनाल्डोको गोलले पनि जोगाउन सकेन युभेन्टसलाई, हेलास भेरोनासँग पराजित


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको गोलमा सुरुवाती अग्रता लिए पनि इटालियन सिरिएको गएराति सम्पन्न खेलमा युभेन्टस पराजित भएको छ ।

बेन्टेगोडी रंगशालामा भएको खेलमा युभेन्टस हेलास भेरोनासँग २ -० ले स्तब्ध भएको हो ।

खेलको ६५ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको गोलबाट युभेन्टसले अग्रता लिए पनि त्यसलाई १० मिनेट भन्दा बढी समय जोगाउन सकेन ।

भेरोनाका लागि फावियो बोरिनीले ७६ औं मिनेटमा गोल गर्दे खेल बराबरीमा ल्याए ।

बराबरीपछि युभेन्टसमाथी हावी भएको भेरोनाले ८६ औं मिनेटमा जाम्पाओ पाक्सिनीको गोलमार्फत जीत सुनिश्चित गर्‍यो ।

हारपछि पनि युभेन्टस २३ खेलबाट ५४ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेल खेलेको भेरोना ३४ अंकका साथ छैठौं स्थानमा छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ६ : २१ बजे

राष्ट्रपति पौडेलको भ्रमण फलदायी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा सम्पन्न दोस्रो विश्व सामाजिक

काठमाडौँ महानगरपालिकाका प्रमुख साहविरुद्ध उजुरी

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध

नेपाली फिल्मलाई फाप्यो कात्तिक, सुस्ताएको बक्स अफिस तंग्रिँदै

काठमाडौं – ०८२ सालमा कात्तिक १४ सम्म ३० फिल्म प्रदर्शनमा

भीम रावललाई फकाउँदै दाहाल-नेपाल, सकारात्मक छ कुराकानी

काठमाडौं- नवघोषित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र