आंशिक बदलीसहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसमको अवस्था « Khabarhub

आंशिक बदलीसहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसमको अवस्था


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीइ मौसमी प्रणाली  सक्रिय नरहेको जनाएको छ ।

आगामी तीन दिनको मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको भएपनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

विभागले आज पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २६ गते (आइतबार)

दिउँसोः देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। देशको पूर्वी पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ।

रातिः देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

माघ २७ गते (सोमबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ।

रातिः देशका पश्चिमी भू-भागमा आंशिक देखि सामान्य र पूर्व पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

माघ २८ गते (मंगलबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।

रातिः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ६ : २४ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय