ए डिभिजन लिगमा मनाङ र एनआरटी खेल्दै | Khabarhub Khabarhub

ए डिभिजन लिगमा मनाङ र एनआरटी खेल्दै


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खराब मैदानका शनिबार रद्द भएको शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तरगत मनाङ मरस्याङ्दी र न्युरोड टिम (एनआरटी) को खेल आज हुँदैछ ।

खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १ बजे सुरु हुनेछ । खराब मैदानका कारण शनिबार एपीएफको हल्चोक मैदानमा तय खेल अन्तिम समयमा रद्द भएको थियो ।

अन्तिम खेलमा च्यासलसँग पराजित भएको मनाङ उपाधि होडबाट लगभग बाहिर छ । च्यासलसँगको एक मात्रै हारले मनाङ उपाधि होडबाट बाहिर भएको हो ।

लिगको ११ औं चरणमा मनाङले न्युरोड टिम एनआरटीको सामना गर्दैछ । उपाधि होडबाट बाहिरिसकेको मनाङ एनआरटीलाई पराजित गर्दै दोस्रो स्थानको लागि खेल्नेछ ।

एनआरटी पनि मनाङलाई पराजित गर्दै शीर्ष ६ मा आफुलाई बलियो बनाउन चाहन्छ । लिगको छैठौ जितले एनआरटीको शीर्ष ६ मा अट्ने सम्भावना बलियो बन्नेछ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ७ : ०५ बजे

काठमाडौँ महानगरपालिकाका प्रमुख साहविरुद्ध उजुरी

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध

नेपाली फिल्मलाई फाप्यो कात्तिक, सुस्ताएको बक्स अफिस तंग्रिँदै

काठमाडौं – ०८२ सालमा कात्तिक १४ सम्म ३० फिल्म प्रदर्शनमा

भीम रावललाई फकाउँदै दाहाल-नेपाल, सकारात्मक छ कुराकानी

काठमाडौं- नवघोषित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र

उसुको विकास र विस्तारका लागि सम्झौता

काठमाडौं– चीनको शिचुवान प्रान्तको मिनयाँङ उसु संघ, मार्सल आर्ट अर्गनाइजेसन