लगानी सम्मेलन परिणाममुखी हुने अर्थविद्हरुको विश्वास « Khabarhub

लगानी सम्मेलन परिणाममुखी हुने अर्थविद्हरुको विश्वास


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकलाई समृद्ध बनाउन विदेशी ज्ञान, सीप, प्रविधि तथा पूँजी भित्र्याउनु पर्नेमा अर्थविद्ले जोड दिनुभएको छ ।

राजधानीमा आयोजित एक साक्षात्कारमा वक्ताहरुले यही चैत १५ र १६ गते हुन लागेको लगानी सम्मेलनमा रु ३० खर्ब बैदेशिक लगानी भित्रिने र त्यसको परिचालनबाट नेपाल समृद्धिको मार्गमा लम्किने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराइले गणतन्त्र स्थापनापछि नेपालले नयाँ दिशा पक्रेको, राजनीतिक स्थिरता हासिल गरेकाले आर्थिक विकासलाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको लगानी सम्मेलन परिणाममुखी हुने बताए ।

उनले भने , “विकासका लागि हाम्रो योग्यता र क्षमताले मात्र नपुग्ने भएकाले सरकारले विदेशी ज्ञान, सीप, प्रविधि तथा पूँजी भित्र्याउने पहल गरेको हो ।’’ उनले लगानी सम्मेलनमा फ्रान्स र म्यान्माका मन्त्रीसहित ४० मुलुकका ३८२ प्रतिनिधि आउने निश्चित भइसकेको जानकारी दिए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा शङ्कर शर्माले नेपालमा हाल विदेशी लगानी अत्यन्त न्यून रहेको लगानी सम्मेलनका लागि रु ३० खर्बको परियोजना तयार पारी लगानीको लागि योजना तयार भइरहेको बताए ।

डा शर्माले नेपालको आर्थिक समृद्धि हासिल गर्न प्रतिवर्ष रु १५ खर्ब बजेट चाहिने र त्यसका लागि बाहिरबाट आठ खर्ब लगानी भित्र्याउन सके मात्र देशको आर्थिक समृद्धिले गति लिने दाबी गरे ।

पूर्वअर्थसचिव युवराज भुषालले नेपालको बजेट खर्च गर्ने क्षमतामा निकै ह्रास आएको बताउँदै विकास बजेट खर्च नहुँदा मुलुकको विकासले गति लिन नसकेको बताए । उनले नेपालको आर्थिक विकासका लागि पहिलो आधार शान्ति सुरक्षा भएकाले नेकपा विप्लव समूहसँग वार्ता गरेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले वैदेशिक लगानीको उपयुक्त वातावरण बनाउन विशेष आर्थिक क्षेत्र बनाई लगानीकर्तालाई आकर्षण गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ९ : ४१ बजे

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै

जेन–जी विद्रोहका मुद्दा सम्बोधन नगरी निर्वाचन गरिनु देशप्रति धोका हाेः जेन–जी मुभमेन्ट

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले जेन–जी विद्रोहका क्रममा नवोदित पुस्ताले

समाजका जीवित इतिहासः एक सय आठ वर्षीय भौना डगौरा

कञ्चनपुर – समाजमा ज्येष्ठ नागरिक केवल उमेरले पाका व्यक्तिमात्र होइनन्

ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भेटवार्ता हुने

किएभ – रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै

बैतडीमा दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

बैतडी – दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट