लगानी सम्मेलन परिणाममुखी हुने अर्थविद्हरुको विश्वास « Khabarhub

लगानी सम्मेलन परिणाममुखी हुने अर्थविद्हरुको विश्वास


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकलाई समृद्ध बनाउन विदेशी ज्ञान, सीप, प्रविधि तथा पूँजी भित्र्याउनु पर्नेमा अर्थविद्ले जोड दिनुभएको छ ।

राजधानीमा आयोजित एक साक्षात्कारमा वक्ताहरुले यही चैत १५ र १६ गते हुन लागेको लगानी सम्मेलनमा रु ३० खर्ब बैदेशिक लगानी भित्रिने र त्यसको परिचालनबाट नेपाल समृद्धिको मार्गमा लम्किने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराइले गणतन्त्र स्थापनापछि नेपालले नयाँ दिशा पक्रेको, राजनीतिक स्थिरता हासिल गरेकाले आर्थिक विकासलाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको लगानी सम्मेलन परिणाममुखी हुने बताए ।

उनले भने , “विकासका लागि हाम्रो योग्यता र क्षमताले मात्र नपुग्ने भएकाले सरकारले विदेशी ज्ञान, सीप, प्रविधि तथा पूँजी भित्र्याउने पहल गरेको हो ।’’ उनले लगानी सम्मेलनमा फ्रान्स र म्यान्माका मन्त्रीसहित ४० मुलुकका ३८२ प्रतिनिधि आउने निश्चित भइसकेको जानकारी दिए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा शङ्कर शर्माले नेपालमा हाल विदेशी लगानी अत्यन्त न्यून रहेको लगानी सम्मेलनका लागि रु ३० खर्बको परियोजना तयार पारी लगानीको लागि योजना तयार भइरहेको बताए ।

डा शर्माले नेपालको आर्थिक समृद्धि हासिल गर्न प्रतिवर्ष रु १५ खर्ब बजेट चाहिने र त्यसका लागि बाहिरबाट आठ खर्ब लगानी भित्र्याउन सके मात्र देशको आर्थिक समृद्धिले गति लिने दाबी गरे ।

पूर्वअर्थसचिव युवराज भुषालले नेपालको बजेट खर्च गर्ने क्षमतामा निकै ह्रास आएको बताउँदै विकास बजेट खर्च नहुँदा मुलुकको विकासले गति लिन नसकेको बताए । उनले नेपालको आर्थिक विकासका लागि पहिलो आधार शान्ति सुरक्षा भएकाले नेकपा विप्लव समूहसँग वार्ता गरेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले वैदेशिक लगानीको उपयुक्त वातावरण बनाउन विशेष आर्थिक क्षेत्र बनाई लगानीकर्तालाई आकर्षण गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ९ : ४१ बजे

कोशी सर्वदलीय बैठक : ओमप्रकाशका परिवारलाई २ लाख, आगजनी पीडित र घाइतेलाई ५० हजार राहत

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेका

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का

देवानगञ्जमा सेनाको हवाई गस्ती जारी, प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् (तस्बिरहरू)

काठमाडौं– सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन