कप्तान मल्लको अर्धशतकमा नेपालले ओमानलाई दियो २ सय ५० रनको लक्ष्य | Khabarhub Khabarhub

कप्तान मल्लको अर्धशतकमा नेपालले ओमानलाई दियो २ सय ५० रनको लक्ष्य


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले पाहुना टोली ओमानलाई २५० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मेदानमा भएको खेलमा नेपालले निर्धारित ५० ओभर पूरा खेल्दै ८ विकेट गुमाएर २ सय ४९ रन बनायो ।

ओमानविरुद्ध नेपालको ओपनिङ ब्याटिङ औषत शुरुवात गर्दा नेपालले ब्याटिङमा राम्रो गर्न सफल भएको हो । ओपनर सुवास खकुरेल र कप्तान ज्ञानेन्द्र मल्लले १४.१ ओभरसम्म साझेदारी पारी खेल्दै ४८ रन बनाएका थिए । नेपालले ४९ रनमा १ विकेट गुमाउँदा मैदान प्रवेश गरेका पारस खड्का र ओपनर मल्लबीच पनि राम्रो साझेदारी बन्यो । जसमा उनीहरुले ५९ रनको साझेदारी पारी खेले ।

उक्त पारीमा खड्काले ६ चौका र १ छक्काको मद्दतमा ३८ रन बनाएका थिए भने कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकिय इनिङ्स खेले । उनले ६ चौका र १ छक्काको मद्दतमा ५६ रन बनाएका थिए । पारस आउट भएपछि मैदान छिरेका उपकप्तान दीपेन्द्रसिंह ऐरी शून्यमा आउट हुँदा नेपाल केही दबाबमा देखिएको थियो ।

कप्तान मल्ल १ सय २८ रनमा आउट हुँदा क्रिजमा आएका कुशल मल्लले २ छक्का र २ चौकासहित २८ रन बनाएका थिए भने विनोद भण्डारीले ३५ रन बनाए । उनले ५ चौकाको मद्दतमा ३५ रन बनाएका थिए ।

यस्तै, करण केसीले १० रन बनाउँदा सन्दीप लामिछानेले १० रन र कमलले ९ रन बनाए । नेपालव्रिद्ध ओमानका आकिब आलिसले उत्कृष्ट बलिङ गर्दै ३६ रन खर्चेर ४ विकेट लिएका थिए भने महोम्मद नादीमले ३ विकेट लिएका थिए ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १ : २६ बजे

तीजले हाम्रो संस्कृतिक पहिचानलाई बजबुत बनाएको छ : सभापति देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुरले तीजले हाम्रो संस्कृतिक पहिचान

मृत्युको हल्ला फैलाउने व्यक्तिविरुद्ध रजा मुरादले दर्ता गरे एफआईआर

काठमाडौं – बलिउडका वरिष्ठ अभिनेता रजा मुरादले आफ्नो मृत्युको हल्ला

यस्तो बन्यो कबड्डी जोडी दयाहाङ र रिश्मा स्टारर ‘रिमै’को ट्रेलर

काठमाडौं – फिल्म ‘कबड्डी’को रिल जोडी दयाहाङ राई र रिश्मा

बङ्गलादेशमा रोहिङ्ग्याहरूको भविष्य अझै अनिश्चित

ढाका- म्यान्मारको राखाइन राज्यबाट भागेर सन् २०१७ मा बङ्गलादेश पुगेका

तीजले महिलामा सशक्तीकरणको दिशामा अघि बढ्न प्रेरणा दिन्छ : उपसभामुख राना

काठमाडौं– उपसभामुख इन्दिरा रानाले तीज पर्वले लैङ्गिक समानता र महिलाको