सुन्तलाको बोक्रामा हुन्छ यस्ता गुण, अनुहारमा लगाउँदा आउछ चमक | Khabarhub Khabarhub

सुन्तलाको बोक्रामा हुन्छ यस्ता गुण, अनुहारमा लगाउँदा आउछ चमक


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै मानिस सुन्तलाका पारखी हुन्छन् । यसको स्वाद र गुणले मानिसलाई लोभ्याउने गर्दछ । तर सुन्तलाको केस्रामा मात्र होइन, सुन्तलाको बोक्रामा पनि उत्तिकै गुण हुन्छ ।

सुन्तलाको बोक्रा विशेषगरी छालाको समस्याका लागी उपयोगी रहने गर्दछ । यसले छालालाई धेरै प्रकारका रोग तथा समस्याबाट बचाउने गर्दछ । सुन्तलाको बोक्राको फेस मास्कलाई सबैभन्दा लोकप्रिय मास्कको रुपमा समेत लिइन्छ ।

यस्ता छन्, सुन्तलाको बोक्राको फाइदा 

१. डण्डिफोर हटाउन

सुन्तलामा एन्टिअक्सिडेन्ट र एन्टि इन्फ्लामेन्टरी गुण हुन्छ । यसले डण्डिफोर हटाउन मद्दत गर्नुका साथै डण्डिफोर जन्माउने हाइपरपिग्मेन्टेशनलाई पनि कम गर्दछ ।

२. मृत छाला हटाउन

सुन्तलाको बोक्रामा हुने साइट्रिक एसिडले अनुहारको मृत छाला हटाउन गर्दछ । मृत छालाले अनुहारको छिद्रलाई बन्द गरिदिन्छ जसले अनुहारको छालामा समस्या पैदा गर्छ । तसर्थ सुन्तलाको बोक्राले मृत कोशिका हटाउन एक्सफोलिएटको काम गर्दछ ।

३. अनुहारको फोहोर सफा गर्न

अनुहारको छालामा फोहोर जमेर छालामा समस्या भएको छ भने सुन्तलाको बोक्रा लगाउँदा यसले अनुहारको फोहोर सफा गरी छालामा पोषण समेत पुग्दछ ।

४. अनुहारमा चमक ल्याउँछ

सुन्तलाको बोक्रामा हुने एन्टिअक्सिडेन्टले फ्रि रेडिकलबाट बचाउँछ । साथै सुन्तलाको बोक्रा पिसेर मास्क लगाउँदा अनुहार कसिलो हुने र छालामा चमकता ल्याउँने गर्दछ ।

५. ओइली फेसको समाधान

सुन्तलाको बोक्रामा पाइने साइट्रिक एसिडले ओइली अनुहारको समाधान गर्दछ । यसले अनुहारमा आउने तेलीय उत्पादन रोक्दछ ।

६. छाला कोमल बनाउँछ

सुन्तलको बोक्रामा मोस्चराइजिङ गुण हुने गर्दछ । जसको प्रयोग गर्नाले छाला कोमल हुनुका साथै उमेरभन्दा कम देखाउँन मद्दत गर्छ ।

सुन्तलाको बोक्राबाट लाभ लिनको लागि यसको बोक्रालाई सुकाएर धुलो बनाउने र विभिन्न तरिकाबाट अनुहारमा प्रयोग गर्न सकिन्छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ८ : ३७ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न