आइजीपीबारे टुंगो लगाउन मन्त्रिपरिषद बैठक बस्दै « Khabarhub

आइजीपीबारे टुंगो लगाउन मन्त्रिपरिषद बैठक बस्दै


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शनिबार दिउँसो मिर्गौलाको डायलासिस गरेपछि दुई दिन आराम गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक डाकेका छन ।

सोमबार नियमित रुपमा बस्दै आएको बैठक प्रधानमन्त्री आराम गरिरहेकाले प्रभावित हुने अड्कलबाजी काटिरहँदा दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

बैठकमा भोलिदेखि रिक्त हुन लागेको नेपाल प्रहरीको प्रमुख कसलाई बनाउने भन्ने बिषयमा छलफल हुने स्रोतले बताएको छ ।

हालका आइजीपी सर्बेन्द्र खनाल ३० बर्षे सेवा हदका कारण भोलिदेखि अवकाश पाउने भएपछि नयाँ आइजीपीको खोजि भएको हो ।

नयाँ आइजीपीका लागि डिआइजीद्वय ठाकुर ज्ञवाली र तारणि प्रसाद लम्सालको नाम चर्चामा छ ।

 

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १० : ०४ बजे

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्