लाइसेन्स लिन १८ वर्ष पुग्नुपर्ने, सार्वजनिक गाडी चलाउन ‘अनुभव’ चाहिने | Khabarhub Khabarhub

लाइसेन्स लिन १८ वर्ष पुग्नुपर्ने, सार्वजनिक गाडी चलाउन ‘अनुभव’ चाहिने


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ ।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो । ‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’ को मस्यौदामा सवारी चालक अनुमतिपत्र लिने उमेर हद १८ वर्ष कायम गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । अहिले सवारी चालक अनुमतिपत्र लिनका लागि १६ वर्ष उमेर पुग्नुपर्ने व्यवस्था छ ।

विभागले लाइसेन्सको समय सीमासमेत बढाएर १० वर्ष कायम गर्ने तयारी गरेको छ । हाल ५ वर्षमा गर्नुपर्ने नवीकरणलाई सेवाग्राहीले झन्झटिलो मान्दै आएका छन् ।

कम उमेरका चालकले सवारीसाधन चलाउँदा बढी दुर्घटना भइरहेको विभिन्न अध्ययनका क्रममा पाइएको छ । त्यसैले पनि निजी र सार्वजनिक सबै प्रकारको सवारीसाधनका लागि उमेर बढाउन लागिएको हो ।

सो विधेयकमाथि अहिले मन्त्रालयले विभिन्न पक्षसँग छलफल गरिरहेको छ । हमालले भने, ‘मन्त्रालयमा छलफल सकिएपछि मन्त्रिपरिषद् हुँदै संसद्सम्म पुग्नेछ ।’

चालकका लागि कक्षा १० पास गरेको हुनुपर्ने गरी व्यवस्था गरिएको विभागका महानिर्देशक हमालले बताए । निजी प्रयोजनका सवारीमा यात्रु बोक्ने व्यवसाय नै सञ्चालन गर्ने  टुटल र पठाओजस्ता फर्मलाई भने ऐनले समेट्ने वा नसमेट्ने भन्ने अहिले नै यकिन भइसकेको छैन । सकेसम्म टुटल पठाओजस्ता फर्महरुलाई कानूनीरुपमा नै नियममा ल्याउने गरी मन्त्रालयमा पनि छलफल भइरहेको छ ।

सङ्घीय सवारी तथा यातायात व्यवस्था ऐन अघि नबने पनि प्रदेशहरुले ऐन बनाइरहेका छन् । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशले सङ्घीय ऐनभन्दा पहिले नै नयाँ संविधानुसार ऐन बनाइसकेका छन् ।

वाग्मती प्रदेशले यातायात व्यवस्थासम्बन्धी नियमावली बनाउने तयारी गरिरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ४ : १४ बजे

सानोथिमि प्रहरी प्रभागमा आगजनी गर्ने चार पक्राउ

भक्तपुर – जिल्ला प्रहरी परिसरले जेनजी आन्दोलनका क्रममा गत भदौ

नागरिकको सेवा र सुरक्षामा समर्पित रहन महानिरीक्षक अर्यालको निर्देशन

काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरूलाई

रास्वपा बैठकमै नगएका गणेश कार्की भन्छन्: बाबुराम, कुलमान र बालेनलाई भित्र्याउने गरी लागिरहेको छु (अन्तर्वार्ता)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश कार्की पछिल्लो केही साता

भदौ २४ को विध्वंशमा राजनीतिक कार्यकर्ताहरूको संलग्नता रहेको रास्वपाको स्वीकार

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय विस्तारित बैठकमा कार्यवाहक

हितेन्द्रदेव शाक्यको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले