पाँच किलो चरेससहित दुई जना पक्राउ « Khabarhub

पाँच किलो चरेससहित दुई जना पक्राउ


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- प्रहरीले लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

झण्डै पाँच किलो चरेससहित प्रहरीले धनगढीको गौरीफन्टा नाकाबाट दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका–९ घर भएका २४ वर्षीय विश्वास थापा र २५ वर्षीया सीमा राना मगर रहेकाछन् ।

उनीहरुको साथबाट प्रहरीले ४ किलो ८ सय ग्राम चरेस बरामद गरेको जनाएको छ ।

प्रहरीलाई छलेर भारत लैजाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ६ : २४ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर