वाइफाइले काम नगरेर हैरान हुनुहुन्छ, यसकारण अव चिन्ता नलिनोस « Khabarhub

वाइफाइले काम नगरेर हैरान हुनुहुन्छ, यसकारण अव चिन्ता नलिनोस


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वाइफाइले काम नगरेर तपाई पक्कै पनि हैरान हुनुहुन्छ होला । यदि त्यस्तो समस्या खेपिरहनु भएको छ भने अव सामसुंगले तपाईको हैरानी अन्त्य गरिदिने भएको छ ।

दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुंगले अहिलेसम्मको सबैभन्दा तीब्र गतिको वाइफाइको विकास गरेको दाबी गरेको छ ।

सामसुंगका अनुसार अत्याधुनिक वाइफाइ प्रविधिमार्फत पहिलेको तुलनामा डाटा संचारको अधिकतम गतिलाई ५ गुणा बढाउनेछ ।

कम्पनीका अनुसार ६० गिगाहर्ज वाइफाइ टेक्नोलोजीको यो प्रविधिले १ जीबीको भिडियो फाइललाई ३ सेकेण्ड भन्दा पनि कम समयमा ट्रान्सफर वा डाउनलोड गर्न सकिनेछ ।

यो उच्चगतिको वाइफाइ प्रविधिबाट एचडी भिडियोहरुलाई वास्तविक समयमै ट्रान्सफर वा स्टि्रमिङ गर्न सकिनेछ । अहिले बजारमा उपलब्ध रहेका वाइफाइ राउटरहरुले २, ४ र ५ गिगाहर्जको वायरलेस च्यानल प्रयोग गर्ने गर्दछन् ।

सामसुंगका अनुसन्धान तथा विकाश केन्द्रका प्रमुख किम चाङ योंगले जारी आइतबार विज्ञप्ती जारी गर्दै भने ‘सामसुंगले ६० गिगाहर्ज वाइफाइ प्रविधिको व्यवसायीकरणमा रहेको बाधा सफलतापूवर्क पार गरेको छ ।’

६० गिगाहर्ज वाइफाई प्रविधिलाई अर्को वर्षदेखि व्यवसायिक रुपमा बजारमा ल्याउने लक्ष्य सामसुंगको छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ६ : ३१ बजे

बालेन सरकारको सय दिनमा तीन सुकुम्वासीको मृत्यु, व्यवस्थापनमा तैँ चुप, मैँ चुप

काठमाडौं- आइतबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम

आर्थिक शिथिलता चिर्ने प्रकारको मौद्रिक नीति आवश्यक

काठमाडौं– निजी क्षेत्रका प्रतिनिधि, बैंकर र पूर्व गभर्नरहरूले मुलुकको वर्तमान

‘ठूलो लगानीमा बनेको’ फिल्म ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शन

काठमाडौं – ठूलो बजेटमा बनेको फिल्मका रुपमा दक्षिण भारतमा चर्चा

मालदह आँपको मूल्य बढ्यो

धनुषा– मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा