न्यूजिल्याण्ड मस्जिद आक्रमण : मृतकको सङ्ख्या ५० पुग्यो | Khabarhub Khabarhub

न्यूजिल्याण्ड मस्जिद आक्रमण : मृतकको सङ्ख्या ५० पुग्यो


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूजिल्याण्डको क्रिस्टचर्च शहरका मस्जिदमा भएको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ५० पुगेको छ ।

क्रिस्टचर्च शहरमा आक्रमण भएका मस्जिदमध्येको अल नूर मस्जिदमा थप एक जनाको शव भेटिएपछि मृतकको सङ्ख्या ५० पुगेको हो । यसअघि अधिकारीले क्रिस्टचर्च शहरका अल नूर नस्जिद तथा नजिकै रहेको लिनउड मस्जिदमा आक्रमण हुँदा ४९ जनाको ज्यान गएको जनाएका थिए ।

गोरा जातिको उग्रवादीले गराएको भनिएको आतंकवादी आक्रमणमा अरु दर्जनौँ घाइते भएका छन् । आक्रमणको विश्वभरबाट निन्दा भइरहेको छ । यसैबीच किवी अधिकारीले आक्रमणमा मृत्यु भएकाहरुको शव आफन्तलाई बुझाउन शुरु गरेका छन् ।

मारिने सबै मुसलमान रहेको र इस्लाम धर्ममा मानिसको मृत्यु भएको २४ घण्टाभित्र अन्तिम संस्कार गरिसक्नुपर्ने परम्परा रहेपनि आक्रमणको अनुसन्धानका कारण मृतकको शव आफन्तलाई बुझाउन समय लागेको बताइएको छ ।

प्रधानमन्त्री जसिण्डा अर्डेनले मस्जिदमा भएका आक्रमणपछि अब खुल्ने मस्जिदहरुमा सुरक्षाका लागि प्रहरी तैनाथ गरिने जनाएकी छिन् ।

एकजना अष्टे«लियन नागरिकले गत शुक्रबार क्रिस्टचर्च शहरका दुई मस्जिदभित्र पसेर प्रार्थानाका लागि भेला भएका मानिसहरुलाई लक्षित गरी जथाभावी गोली चलाएपछि न्यूजिल्याण्ड पूरै शोकमग्न छ ।

आक्रमणकारीले आक्रमणको सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण समेत गरेको थियो । आक्रमणलगत्तै प्रहरीले आक्रमणमा संलग्न रहेको भन्दै एक महिलासहित चार जनालाई पक्राउ गरेको भएपनि संदिग्ध आक्रमणकारीबाहेक अन्य तीनजनालाई रिहा गरेको छ । उनीहरुविरुद्ध पर्याप्त प्रमाण जुट्न नसकेकाले रिहा गरिएको बताइएको छ ।

यद्यपि संदिग्ध आक्रमणकारीविरुद्ध भने किवी अभियोजनकर्ताले कानूनी प्रक्रिया अघि बढाइसकेका छन् । शनिबार मात्रै आक्रमणकारीलाई अदालतमा हाजिर गराई उनीविरुद्ध हत्यासम्बन्धी अभियोग दर्ता गरिएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ११ : ४० बजे

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा