ए डिभिजन लिगमा आज पनि तीन खेल हुँदै | Khabarhub Khabarhub

ए डिभिजन लिगमा आज पनि तीन खेल हुँदै


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज पनि तीन खेल हुँदैछन ।

आजको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा दोस्रो स्थानको आर्मी र ब्रिगेड बिहान पौने ९ बजे भिड्नेछन् ।

आर्मी ब्रिगेडलाई हराउँदै शीर्ष स्थानमा उक्लन चाहन्छ । ११ खेलमा २६ अंक जोडेको आर्मी दोस्रो स्थानमा रहेको छ । ब्रिगेडलाई हराउँन सके आर्मी मछिन्द्र क्लबलाई पछि पार्दै शीर्ष स्थानमा उक्लने छ ।

यस्तै थ्रीस्टार र एनआरटी बीचको खेल दिउँसो सवाँ १२ बजे हुँदैछ । दुवै टिम जीत निकाल्दै शीर्ष ६ भित्र स्थान पक्का गर्न चाहन्छन ।

२० अंक जोडेको थ्रीस्टार लिगको चौंथो स्थानमा रहेको छ । एनआरटीलाई हराएर थ्रीस्टार शीर्ष ६ मा आफुलाई सुरक्षित गर्न चाहन्छ ।

यता, एनआरटी पनि जीत निकाल्दै शीर्ष ६ भित्र उक्लन चाहन्छ । १५ अंक जोडेको एनआरटी लिगको आठौं स्थानमा छ ।

लिगको उपाधि होडमा रहेको मनाङ मर्स्याङ्दी क्लवले दिउँसो साढे ३ बजे नेपाल पुलिस क्लबसँग खेल्दैछ ।मनाङ बलियो प्रतिद्वन्द्वी पुलिसविरुद्ध जीत निकाल्दै उपाधिको दाबेदार कायम राख्न चाहन्छ ।

२२ अंक जोडेको मनाङ तेस्रो स्थानमा रहेको छ ।पुलिस भने मनाङलाई हराएर शीर्ष ६ भित्र स्थान पक्का गर्न चाहन्छ । छैटौं स्थानको पुलिसको १७ अंक रहेको छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ७ : २९ बजे

काठमाडौँ महानगरपालिकाका प्रमुख साहविरुद्ध उजुरी

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध

नेपाली फिल्मलाई फाप्यो कात्तिक, सुस्ताएको बक्स अफिस तंग्रिँदै

काठमाडौं – ०८२ सालमा कात्तिक १४ सम्म ३० फिल्म प्रदर्शनमा

भीम रावललाई फकाउँदै दाहाल-नेपाल, सकारात्मक छ कुराकानी

काठमाडौं- नवघोषित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र

उसुको विकास र विस्तारका लागि सम्झौता

काठमाडौं– चीनको शिचुवान प्रान्तको मिनयाँङ उसु संघ, मार्सल आर्ट अर्गनाइजेसन