मेचीनगर र बेलायतको फक्सटनबीच गाँसियो मितेरी सम्बन्ध « Khabarhub

मेचीनगर र बेलायतको फक्सटनबीच गाँसियो मितेरी सम्बन्ध


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

झापा- मेचीनगर नगरपालिका र बेलायतको फक्सटन टाउन काउन्सिलबीच सोमबार मितेरी सम्बन्ध गाँसिएको छ ।

मेचीनगरका प्रमुख विमल आचार्य र फक्सटनका तर्फबाट मेयर जेकी मेडले मितेरी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

मितेरी सम्झौतामा हस्ताक्षर गर्न बेलायतबाट मेयर जेकी मेडको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल आइतबार झापा आइपुगेको थियो ।

टोलीमा मितेरी सम्झौता गर्न फक्सटन काउन्सिलद्वारा गठित समितिका सेक्रेटरी नील जोन, फक्सटन उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं गोर्खा फाउन्डेसन बेलायतका दाता रे जोन्सन र फक्सटनका पूर्व काउन्सिलर एवं गोर्खा फाउन्डेसन बेलायतका अध्यक्ष धनकिरण गुरुङ छन् ।

सो अवसरमा फक्सटन टाउन काउन्सिलका मेयर मेडले मेचीनगर आउँदा आफूलाई गोर्खाहरुको शहरबाट गोर्खालीको घर आएको अनुभूति भएको बताए ।

मेचीनगरका प्रमुख आचार्यले मितेरी साइनो गाँसिएपछि फक्सटनसँग विकासमा साझेदारी हुने विश्वास व्यक्त गरे ।

मेचीनगरकी उपप्रमुख मीना उप्रेतीले बेलायतको दक्षिणी नगर फक्सटन र नेपालको दक्षिणपूर्वी शहर मेचीनगर दुबैको भौगोलिक अवस्था उस्तैउस्तै रहेको बताइन ।

मितेरी सम्बन्ध गाँस्न सूत्राधारको भूमिकामा रहेका मेचीनगरबासी एवं फक्सटनका पूर्व काउन्सिलर गुरुङले लामो कसरतपछि छ हजार माइल टाढाको फक्सटनसँग मितेरी गाँसिएको बताए ।

मेचीनगर र बेलायतको फक्सटन नगरबीच मितेरी सम्बन्ध स्थापनाका लागि संविधानसभा सदस्य रबिन कोइराला र हाल बेलायतमा रहेका पूर्व काउन्सिलर गुरुङको योगदानलाई विशेष स्मरण गरिएको छ ।

विसं २०५३ मा मेचीनगर नगरपालिकाको प्रथम नगरप्रमुख रहेका बेला रबिन कोइरालाले नै फक्सटन नगरलाई मितेरी सम्बन्धको पहिलो प्रस्ताव गरेको र सो प्रस्ताव आफूले बोकेर बेलायत पुर्याएको पूर्व काउन्सिलर गुरुङले बताए ।

तत्कालीन नगरप्रमुख कोइरालाका अनुसार सन् २००६ नोभेम्बर १८ मा गुरुङमार्फत फक्सटनलाई प्रस्ताव पठाइएको थियो ।

दुई वर्षपछि सन् २००८ अप्रिलमा फक्सटनले मेचीनगरको प्रस्वात स्वीकार गरेको पत्र पठाएको थियो । विसं २०६४ कात्तिक २१ गते शहरी विकास मन्त्रालयले मितेरी सम्बन्ध गाँस्न स्वीकृति प्रदान गरेको थियो ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ७ : ३८ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज