यी १० अवस्थामा लसुन खानु स्वास्थ्यका लागि झन घातक | Khabarhub Khabarhub

यी १० अवस्थामा लसुन खानु स्वास्थ्यका लागि झन घातक


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसुन खानु स्वादका लागि मात्र होइन औषधीका रुपमा समेत प्रयोग हुन्छ । तर कतिपय अवस्थामा लसुनले स्वास्थ्यका लागि फाइदा नै पुर्‍याउँछ भन्ने छैन ।

केही अवस्थामा लसुनले मानव स्वास्थ्यका लागि निकै ठूलो असर पुर्‍याउने चिकित्सकहरु बताउँछन् । कस्तो रोग भएमा लसुन खानु हुँदैन । यस विषयमा केही जानकारी यहाँ प्रस्तुत गरिएको छ ।

१. कलेजोको समस्या

कलेजोमा समस्या भएमा तथा कलेजोका रोगीहरुले लसुन खानु उपयुक्त मानिदैन । धेरै लसुन खानाले झनै समस्या बढ्न सक्छ ।

२. ओषधि प्रयोग गरिरहेको अवस्थामा

होमियोप्याथिकको औषधि प्रयोग गरिरहनुभएको छ भने लसुन खानु हुदैँन । यस्तो अवस्थामा लसुन खाएमा औषधिले काम गर्दैन् ।

३. लो ब्लड प्रेसरको समस्यामा

धेरै लसुन खानाले ब्लड प्रेशर कम हुन्छ । पहिलेदेखि नै लो ब्लडप्रेशरको समस्या छ भने लसुन खानु स्थास्थ्यका लागि झन घातक मानिन्छ ।

४. एनिमियाको समस्या भएमा

लसुन खानाले हेमोलिटिक एनिमिया वा हेमोग्लोबिनको कमी हुन सक्छ । तसर्थ यस्तो अवस्थामा लसुन खानु स्वास्थ्यका लागि झन खतरा हुने चिकित्सक बताउँछन् ।

५. पेटमा समस्या भएमा

यदि पेटमा गडबडी छ अल्सर, डायरिया जस्ता समस्या छन् भने लसुन नखान चिकित्सकहरु सुझाउँछन् ।

६. गर्भ निरोधक पिल्स खाइरहेके अवस्थामा

धेरै लसुन खाएमा गर्भ निरोधक पिल्सले काम गर्दैन त्यसैले गर्भ निरोधक पिल्स सेवन गरिरहनुभएको छ भने लसुन नखानुहोस ।

७. यदि गर्भवती अवस्थामा

लसुनले गर्मी गराँउछ । यदि गर्भवती अवस्थामा धेरै लसुन खाएमा गर्भ तुहिने खतरा पनि हुन् सक्छ ।

८. सर्जरी गरिएको अवस्था

लसुन धेरै खानाले रगत पातलो हुन्छ । सर्जरीको समयमा धेरै ब्लिडिङ हुन सक्छ

९. एलर्जीको समस्या हुँदा

जसलाई एलर्जीको समस्या छ उनीहरुलाई लसुन खाएमा झन बढि हुन सक्छ ।

१०. रगत पातलो बनाउने औषधि खाइरहेको अवस्थामा

लसुनले रगत पातलो बनाँउछ । पहिले देखि नै यस खालको औषधि लिइरहनुभएको छ भने समस्या झनै बढ्न सक्छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ९ : ११ बजे

तीन महिने आँखा शिविरबाट ६७४ जना लाभान्वित

जनकपुरधाम– बनेपास्थित रेयुकाई ईको मासुनागा आँखा अस्पतालको ढल्केबरस्थित शाखा अस्पतालले

कैलालीमा श्रीमतीमाथि कुटपिट गरेर श्रीमान् फरार

धनगढी– कैलालीमा श्रीमतीमाथि कुटपिट गरेर एक जना फरार भएका छन्

इरान र अमेरिकाबीच आणविक विषयमा दोस्रो चरणको उच्चस्तरीय वार्ता रोममा सुरु हुँदै

रोम- इरान र संयुक्त राज्य अमेरिकाबीच तेहरानको आणविक कार्यक्रमसम्बन्धी दोस्रो

आन्दोलनरत शिक्षक महासंघले बोलायो बैठक

काठमाडौं– सरकारसँग विगतमा भएका सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा

सत्तासाझेदारीमा कुनै समस्या छैन : गृहमन्त्री 

गण्डकी– गृहमन्त्री रमेश लेखकले सत्तासाझेदार दल नेपाली कांग्रेस र नेपाल