भरत खवासले ए डिभिजन लिगमा पूरा गरे व्यक्तिगत ५० गोल « Khabarhub

भरत खवासले ए डिभिजन लिगमा पूरा गरे व्यक्तिगत ५० गोल


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भरत खवासले नेपालको शीर्ष डिभिजन फुटबल लिग शहीद स्मारक ए डिभिजन लिगमा व्यक्तिगत ५० गोल पूरा गरेका छन् ।

हाल नेपाली सेनाको त्रिभुवन आर्मीमा आवद्ध खवासले  मंगलबार ब्रिगेड व्वाईज क्लबविरुद्ध १ गोल गर्दै लिगमा आफ्नो ५० गोलको आँकडा पूरा गरेका हुन् । उनले बिग्रेडविरुद्ध ५ मिनेटमा गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाएका थिए ।

नेपाली राष्ट्रिय फुटबल टोली तथा विभागीय क्लब त्रिभुवन आर्मीका महत्वपूर्ण स्टाइकर भरतले जारी लिगमा ४ गोल गरेसँगै ५० गोल पुरा गरेका हुन् ।

शहीद स्मारक ए डिभिजन लिगमा विसं २०६३ मा संकटा क्लबबाट डेब्यू गरेका खवास त्यसपछि, फ्रेन्ड्स क्लब, नेपाल पुलिस क्लब हुँदै अहिले आर्मी क्लबमा पुगेका हुन् ।

भरतले संकटाबाट ३ वर्ष ए डिभिजन लिग खेलेका थिए भने २०६६ मा फ्रेन्ड्स क्लबमा आवद्ध भएका थिए । यस्तै, २०६८ सालमा पुलिसमा आवद्ध भएका उनी २०६९ मा आर्मीमा आवद्ध भएका थिए ।

खवासले लिगमा डेब्यू गोल भने २०६३ सालमा संकटामा रहँदा सरस्वतीविरुद्ध गरेका थिए । उक्त खेलमा संकटाले सरस्वतीलाई ५–० गोल अन्तरले पराजित गरेको थियो ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  १० : ३८ बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र