सुन्तला खेतीबाट वर्षमा ३० करोड आम्दानी « Khabarhub

सुन्तला खेतीबाट वर्षमा ३० करोड आम्दानी


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- यस वर्ष सुन्तला बिक्रीबाट ३० करोड बढी रकम भोजपुरमा भित्रिएको छ ।

उत्पादित चार हजार ७ सय ६ मेट्रिक टन सुन्तला बिक्रीबाट सो बराबरको आम्दानी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको बताइएको छ । जिल्लामा उत्पादन भएको सुन्तला धनकुटा, सुनसरी, झापा, मोरङ, धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका शहरमा जाने गरेको छ ।

करीव दुई करोड मूल्य बराबर आन्तरिकरुपमा खपत हुने र बाँकी अन्य जिल्लामा जाने गरेको केन्दका निमित्त कार्यालय प्रमुख योगन्द्रप्रसाद यादवले जानकारी दिए ।

कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष २८ करोड २९ लाख ४४ हजार बराबरको सुन्तला बिक्री भएको थियो ।

जिल्लामा ७ सय ८८ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादनका लागि योग्य जमिन भए पनि हाल ५ सय ८७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ ।

जिल्लाभर २८७ ठूला बगैँचा तथा सामान्यरुपमा पनि सो खेती हुने गरेको केन्द्रले जनाएको छ । अन्य बालीको तुलनामा सुन्तला खेतीबाट बढी आम्दानी र किन्नका लागि ठेकेदार बगैँचामै आउने भएका कारण कृषक सुन्तला खेतीमा आकर्षित हुने बताइएको छ ।

टेम्केमैयुङ गाउँपालिका–२ छिनामुखुका सुन्तला कृषक सुमन प्रधानले भने, ‘पहिला धरान, इटहरी ढाकार डोकोमा बोकेर सुन्तला बेच्नुपर्ने अवस्था थियो, अहिले बगानमै ठेकेदारको लर्को लाग्छ, थोरै मेहनतमा आम्दानी पनि राम्रो छ ।’

जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्ण, छिनामखु, खावा, कोट, गोगने, तिम्मा, भोजपुर नगरपालिकाको देउराली, हेलौछा, आम्तेक, बोखिम, पालुवा, दावा, हतुवागढी गाउँपालिकाको रानीवास, अरुण गाउँपालिकाको साङपाङ, प्याउली षडानन्द नगरपालिकाको मुलपानीलगायत ठाउँमा सुन्तला उत्पादन हुने गर्दछ ।

सुन्तला उत्पादन हुने क्षत्रमा प्रदेश तथा केन्द्र सरकारले सुन्तलाको पकेट तथा ब्लग स्थापना गरी कृषकलाई अनुदानको व्यवस्था गरेसँगै यसतर्फ झनै कृषक आकर्षित भएका हुन् ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ११ : ५३ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल जेठ २८ गते बिहीबार अधिक जेठ

आज २०८३ साल जेठ २८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २८ गते बिहीबार अधिक जेठ

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने