आगलागी हुँदा छ घर जलेर नष्ट « Khabarhub

आगलागी हुँदा छ घर जलेर नष्ट


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिलिहाङ– पाँचथर जिल्लाको हिलिहाङ्ग गाउँपालिका–३ साविकको पञ्चमी गाविस वडा नं ३ डाँडेको रमिते भन्ने भिरमा लागेको आगो गाउँ पस्दा गए राति छ घर जलेका छन् ।

बस्तीमा पसेको आगो नियन्त्रणमा आएको छ भने जङ्गलको आगो अझै नियन्त्रणबाहिर रहेको जानकारी प्राप्त भएको छ । मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा वेदमाया पौड्याल, डम्बरबहादुर पालुङवा, धनप्रसाद पालुङवाको घर जलेका हुन् ।

आगलागी भएका घरमध्ये मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा र वेदमाया पौड्यालको घर पूर्णरूपमा जलेको छ । उनीहरूको सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ । आगलागीका कारण के कति क्षति भयो भन्ने तत्काल यकिन हुन नसकेको गाउँपालिका–३ का वडा सदस्य धनबहादुर पालुङवाले बताए ।

जङ्गलको आगो नियन्त्रणका लागि स्थानीयवासी, इलाका प्रहरी कार्यालय गोपेटार, इलाका प्रहरी कार्यालय अमरपुर, जिल्ला प्रहरी कार्यालय फिदिम, विष्णु दल गण जोरपोखरीबाट गएको टोलीले प्रयास गरी रहेपनि नियन्त्रणमा आउन सकेको छैन । अहिले आगो पूर्वी क्षेत्र वनपाला जङ्गलतर्फ मोडिएको पालुङवाले बताए ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  १२ : १८ बजे

पानी नपर्दा सुक्न थाल्यो धान, चिन्तामा किसान

घोडाघोडी– असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो । रोपिएका धानका बिरुवाले

सरकारका तीन महिना : थोरै प्रसंशा, धेरै चुनौती, चौतर्फी आलोचना

काठमाडौं- गत चैत १३ मा सपथ लिएको सरकारको कार्यकाल तीन

बेथानचोकमा बेलीब्रिज निर्माणले आवागमनमा सहजता

काभ्रेपलाञ्चोक–  काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-१ च्याम्राङबेँसीस्थित च्याम्राङबेँसी-झिङ्गे सडकखण्डमा पर्ने रतन खोलामा बेलीब्रिज

कालीकोटमा बजेट सार्वजनिक

मान्म– जिल्लाका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का

मनिषलाई रोकेर रविकै निर्देशनमा विपिनलाई बनाउन खोजिएको थियो सर्वसम्मत महामन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक नेता विपिन आचार्यलाई सभापति रवि