कोरोनाको महामारीग्रस्त वुहानमा १४ हजार बढी शव जलाइएको आशंका | Khabarhub Khabarhub

कोरोनाको महामारीग्रस्त वुहानमा १४ हजार बढी शव जलाइएको आशंका


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वुहान- चीनले कोरोना भाइरसको महामारीबाट ज्यान गुमाएकाहरुको तथ्यांक लुकाएको भन्ने चर्चा चलिरहेका बेला १४ हजार बढी शव जलाएको हुनसक्ने आशंकासहितको समाचार सार्वजनिक भएको छ ।

चीनले महामारीग्रस्त वुहान शहरमा कोरोना भाइरसबाट ज्यान गुमाएका १४ हजारभन्दा धेरै जनाको शव जलाएको हुनसक्ने ताइवानबाट प्रकाशित ताइवान न्यूजले लेखेको हो ।

वुहान शहरमा सल्फर डाइअक्साइड ग्यासको स्तरका आधारमा पछिल्लो विवरण सार्वजनिक गरेको जनाइएको छ ।

ताइवान न्युजले ‘विण्डी डटकम’ ले अन्तरिक्षबाट खिचेको तस्बीरमा वुहान शहरमा सल्फर डाइअक्साइडको मात्रा असामान्य रुपमा बढि पाइएको उल्लेख छ ।

समाचारअनुसार वुहान शहरको वायुमण्डलमा सल्फर डाइअक्साइडको मात्रा १७०० माइक्रोग्राम प्रति घनमिटर छ । सल्फर डाइअक्साइडको यो मात्रा खतराको स्तर भन्दा २१ गुणा बढी रहेको जनाइएको छ ।

वायुमण्डलमा ८० माइक्रोग्राम प्रतिघनमिटर सल्फर डाइअक्साइड खतरनाक मानिन्छ । महामारी फैलिएको चोङचिङ्ग शहरमा पनि यो ग्यासको मात्रा धेरै रहेको समाचारमा उल्लेख छ ।

१४ हजारभन्दा धेरै शव जलाउँदा मात्र यति ठूलो मात्रामा सल्फर डाइअक्साइड उत्सर्जन हुने वैज्ञानिकहरुको मत छ । मानिसको शवजस्ता जैविक पदार्थ जलाउँदा सल्फर डाइअक्साइड, मर्करी डाइअक्सिजन र हाइड्रोक्लोरिक एसिड जस्ता रसायन पनि निस्किन्छन् ।

चिनियाँ परम्पराअनुसार मृतकको शवलाई गाड्ने प्रचलन रहेपनि सल्फर डाइअक्साइडको मात्रालाई विश्लेषण गर्दा भने चिनियाँ प्रशासनले ठूलो सङ्ख्यामा मृतकको शवलाई जलाएको हुनसक्ने विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ६ : ५३ बजे

बबरमहल दुर्घटनामा एकको मृत्यु दुई घाइते

काठमाडौं- काठमाडौँमा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ

संस्कृति र रीतिरिवाजलाई जीवन्त राख्न पुस्तक प्रकाशनको ठूलो महत्व छ : उपप्रधानमन्त्री सिंह

पाटन – उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले धर्म, संस्कृति

अमेरिकी करले गरिब राष्ट्रलाई गम्भीर क्षति पुर्‍याउने चीनको भनाइ

बेइजिङ- चीनका वाणिज्यमन्त्री वाङ वेन्ताओले विश्व व्यापार सङ्गठन (डब्लूटीओ) का

बालाजु औद्योगिक क्षेत्रमा आगलागी

काठमाडौं – बालाजु औद्योगिक क्षेत्रभित्र आगलागी भएको छ । औद्योगिक

ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड : ईश्वर पोखरेल

पोखरा – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तीनकुने घटनाका