ट्रम्प फेब्रुअरी अन्तिम साता भारत भ्रमणमा आउँदै « Khabarhub

ट्रम्प फेब्रुअरी अन्तिम साता भारत भ्रमणमा आउँदै


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  फेब्रुअरी महिनामा भारतको भ्रमण गर्ने भएका छन् ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले यही फेब्रुअरी महिनाको २४ र २५ तारिखमा भारत भ्रमण गर्ने उल्लेख छ ।

भारत भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले राजधानी दिल्लीसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर अहमदावादको समेत भ्रमण गर्ने जनाइएको छ ।

भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई अझ नजिक बनाउने ह्वाइट हाउसको विज्ञप्तिमा उल्लेख छ । यसअघि दुई नेताबीच गत सेप्टेम्बर महिनामा टेक्सस राज्यको हुस्टन शहरमा ‘हाउडी मोदी’ नामक र्‍यालीमा भेट भएको थियो ।

सन् २००२ मा गुजरातमा भएको मुसलमानविरोधी दंगाका विषयलाई लिएर अमेरिकाले त्यसबेला गुजरात राज्यका मुख्यमन्त्री रहेका मोदीलाई अमेरिका भ्रमणका लागि भिसा दिएको थिएन ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ८ : ३७ बजे

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न