मन्दिरको दर्शन वैज्ञानिक रुपमा पनि लाभदायिक, थाहा पाउनुहोस २५ फाइदा « Khabarhub

मन्दिरको दर्शन वैज्ञानिक रुपमा पनि लाभदायिक, थाहा पाउनुहोस २५ फाइदा


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

भनिन्छ, भगवानको प्रार्थनामा अद्भुत शक्ति हुन्छ । यदि प्रार्थना सच्चा, निष्कपट एवं सकारात्मक छ भने भगवानले नै त्यसलाई पुरा गर्दछन् । तसर्थ हामी भगवानको उपासन वा प्राथना गर्दछौ ।

यसका लागी घरमा नै भएको पुजाकोठा वा भगवानको प्रतिमा सम्मुख नभए मन्दिरमा गई पुजाअर्चना गर्दछौ । मन्दिर जानु एक आस्था पनि हो । तर मन्दिर धाउँदा, पूजाआजा गर्दा केवल भगवानको उपासना वा इच्छित वर मात्र प्राप्त हुदैन यसले हामीलाई विभिन्न वैज्ञानिक लाभ पनि दिन्छ ।

पूजाआजा एक प्रकारको रासायनिक क्रिया हो । यसबाट मन्दिरको भित्री वातावरणको पीएच भ्यालु कम हुन्छ, जसले मानिसको पीएच भ्यालुमा असर पार्दछ । यो आयोनिक क्रिया हो जसले शारीरिक रसायनलाई बदलिदिन्छ ।

यो क्रियाले अनेकौं प्रकारको रोगलाई समेत ठीक बनाउँछ । यो क्रिया औषधि खुवाएर पनि गराउन सकिन्छ, मन्दिर जानाले यो स्वतः हुन्छ । यसका साथै मन्दिर जादाँ अन्य २५ लाभहरु प्राप्त हुने गर्दछन् ।

१. नियमित मन्दिर आउजाउ गर्नाले शरीर स्फुर्त हुनुका साथै रोगको भय कम हुन्छ ।
२. मन्दिरमा बज्ने घन्टले मानिसको मन एवं मस्तिष्कलाई हिलिङ गर्दछ ।
३. मन्दिर जानेहरुको मन मस्तिष्कमा सकारात्मक ऊर्जाको सञ्चार हुने गर्दछ ।
४. मन्दिरको वातावरणमा घुलमिल हुदाँ शारीरिक एवं आत्मिक शान्ति प्राप्त हुन्छ ।
५. प्रतिदिन मन्दिर गएर निधारमा टीका लगाउँदा शक्ति बढेको महशुस हुन्छ ।
६. चञ्चलता एवम् एकाग्रता नभएको बेला आध्यात्मिक लाभ लिएमा यो नियन्त्रण हुन्छ ।
७. प्रतिदिन मन्दिर जानेहरुमा आइपर्ने दुर्घटना, हत्या वा आत्महत्याको भय रहदैन ।
८. मन्दिर जाने व्यक्तिको मनमा सकारात्मकता एवं आध्यात्मिक विचार बढ्ने गर्दछ ।
९. मन्दिर जादाँ भूतप्रेत लगायतका नकारात्मक ऊर्जाको कम भई जीवन भयमुक्त बन्दछ ।
१०. मन्दिर जानेहरुलाई कुनै पनि प्रकारको ग्रह एवं नक्षत्रको नकारात्मक असर पर्दैन ।
११. साढेसाती शनिदशा, मंगल दोष, राहुको महादशा जस्ता कुनै पनि दशाले असर गर्दैन ।
१२. मन्दिर जाने मानिसलाई कुनै पनि प्रकारको रोग तथा बिरामी हुन्छु भन्ने डर रहँदैन ।
१३. मानिसमा विश्वास एवं आत्मबलको सञ्चार भई कुनै शोकसुर्ताले सताउँन सक्दैन ।
१४. मन्दिर जाने मानिसमा सही र गलत छुट्याउन सक्ने क्षमताको विकास हुन्छ ।
१५. मन्दिर जाने व्यक्तिलाई कुनै पनि शत्रुले गरेको तन्त्र, मन्त्र, मोहनी विद्याले छुँदैन ।
१६. प्रतिदिन मन्दिर गए जीवनमा आर्थिक संकट आउने वा ऋणमा डुब्ने खतरा हुदैन ।
१७. नियमित मन्दिर जाने मानिसको मन सदा प्रसन्न एवं तनाव रहित रहने गर्दछ ।
१८. नांगो खुट्टाले मन्दिर जादाँ पैतालामा चाप पर्न गई रक्तचाप सन्तुलित हुने गर्दछ ।
१९. मन्दिरमा प्रवेश गर्नुअघि नुहाउँदा र आचमन गर्दा शरीर तथा मन शुद्ध हुन्छ ।
२०. मन्दिरमा हात जोडेर उभिदाँ फोक्सो तथा मुटुलाई फाइदा पुग्दछ ।
२१. मन्दिरको वातावरणमा रम्नेहरुमा रोगप्रतिरोधक शक्तिको विकास हुन्छ ।
२२. मन्दिरको वातावरण सुगन्धित हुने भएकाले मन तथा मस्तिष्कमा शान्ति प्राप्त हुन्छ ।
२३. धूप र कपूरको गन्धले कतिपय भाइरल इन्फेक्सनका व्याक्टेरिया नष्ट हुन्छन् ।
२४. हरेक दिन मन्दिर जाने व्यक्तिमा तनाव, चिन्ता, अवसाद एवं मानसिक रोग हुँदैन ।
२५. मन्दिरमा नियमपूर्वक प्रार्थना गर्नेहरुमा अनुशासन एवम् मर्यादाको गुण बढ्ने गर्दछ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ७ : ४५ बजे

अख्तियारसहित १० जनालाई ज्यान मार्ने धम्की दिने व्यक्तिविरुद्ध ६ मुद्दा, तीन दिन म्याद थप

काठमाडौं– आफूलाई एक्स्ट्रिमिस्ट ग्रुप या नेपाल इजिएनको अध्यक्ष बताइ आफ्नो

सडक दुर्घटनाको सत्यतथ्य छानबिन गर्न महासङ्घको माग

काठमाडौं– देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय

निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र सबै

‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आईटी सेवा निर्यात भइरहेको छ’

काठमाडौं– सरोकारवालाहरूले आईटी क्षेत्रमा काम गर्नेहरूले वार्षिक सवा खर्ब रुपैयाँ