अमेरिकाविरुद्ध नेपालको कीर्तिमानी जीत « Khabarhub

अमेरिकाविरुद्ध नेपालको कीर्तिमानी जीत


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले दोस्रो जीत हात पारेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले अमेरिकाविरुद्ध ८ विकेटको जीत हात पारेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको अमेरिकाले दिएको ३६ रनको झिनो लक्ष्य पुरा गर्न नेपालले ५.२ ओभरमा २ विकेट गुमाएर ३६ रन बनाएको हो ।

नेपालका लागि पारस खड्काले ३ चौका र एक छक्काको मद्दतमा २० रन बनाए भने उपकप्तान दीपेन्द्रसिंह ऐरीले २ चौका र एक छक्काको मद्दतमा १५ रन बनाए ।

झिनो लक्ष्य पुरा गर्न नेपालले शूरुवाती २ विकेट गुमाएको थियो । जसमा कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा र सुवास खकुरेल शून्य रनमा आउट भएका थिए ।

नेपालविरुद्ध अमेरिकाका नोस्थुस केन्जीगेले २ विकेट लिएका थिए ।

यसअघि १२ ओरभमा सबै विकेट गुमाउँदै अमेरिकाले ३५ रन बनाएको थियो ।  अमेरिकाविरुद्ध नेपालका सन्दीप लामिछाने र सुशन भारीले उत्कृष्ट बलिङ साझेदारी गरे । जसमा सन्दीपले ६ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित १६ रन खर्चेर ६ विकेट लिए भने सुशनले ३ ओभर बलिङ गर्दै १ मेडजन ओभरसहित ५ रन खर्चेर ४ विकेट लिए ।

अमेरिकाका लागि जेभिएर मार्सलले १६ रन बनाए भने अन्यले दोहोरो अंक जोड्न सकेनन् । यो एकदिवसिय क्रिकेटको इतिहासमै सबैभन्दा सानो लक्ष्य हो ।

यसअघि सन् २००४ मा श्रीलंकाविरुद्ध जिम्मबाबेले १८.४ ओभर खेल्दै ३५ रनको लक्ष्य लक्ष्य दिएको थियो । नेपालविरुद्ध अमेरिकाले बनाएको यो खेलसँगै विश्व कीर्तिमनी बनेको छ । यसअघि जिम्बाबेले ३५ रन बनाउँदा सबै विकेट गुमाए पनि उसले धेरै ओभर खेलेको थियो ।

यो शृङ्खलामा भने नेपालले २ खेलमा हार व्यहोर्दा २ खेलमा जीत हात पारेको छ । नेपाल ओमानसँगको दुवै खेलमा पराजित भयो भने अमेरिकाविरुद्धका दुवै खेलमा विजयी भयो ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ११ : १२ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा