अमेरिकाविरुद्ध नेपालको कीर्तिमानी जीत | Khabarhub Khabarhub

अमेरिकाविरुद्ध नेपालको कीर्तिमानी जीत


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले दोस्रो जीत हात पारेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले अमेरिकाविरुद्ध ८ विकेटको जीत हात पारेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको अमेरिकाले दिएको ३६ रनको झिनो लक्ष्य पुरा गर्न नेपालले ५.२ ओभरमा २ विकेट गुमाएर ३६ रन बनाएको हो ।

नेपालका लागि पारस खड्काले ३ चौका र एक छक्काको मद्दतमा २० रन बनाए भने उपकप्तान दीपेन्द्रसिंह ऐरीले २ चौका र एक छक्काको मद्दतमा १५ रन बनाए ।

झिनो लक्ष्य पुरा गर्न नेपालले शूरुवाती २ विकेट गुमाएको थियो । जसमा कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा र सुवास खकुरेल शून्य रनमा आउट भएका थिए ।

नेपालविरुद्ध अमेरिकाका नोस्थुस केन्जीगेले २ विकेट लिएका थिए ।

यसअघि १२ ओरभमा सबै विकेट गुमाउँदै अमेरिकाले ३५ रन बनाएको थियो ।  अमेरिकाविरुद्ध नेपालका सन्दीप लामिछाने र सुशन भारीले उत्कृष्ट बलिङ साझेदारी गरे । जसमा सन्दीपले ६ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित १६ रन खर्चेर ६ विकेट लिए भने सुशनले ३ ओभर बलिङ गर्दै १ मेडजन ओभरसहित ५ रन खर्चेर ४ विकेट लिए ।

अमेरिकाका लागि जेभिएर मार्सलले १६ रन बनाए भने अन्यले दोहोरो अंक जोड्न सकेनन् । यो एकदिवसिय क्रिकेटको इतिहासमै सबैभन्दा सानो लक्ष्य हो ।

यसअघि सन् २००४ मा श्रीलंकाविरुद्ध जिम्मबाबेले १८.४ ओभर खेल्दै ३५ रनको लक्ष्य लक्ष्य दिएको थियो । नेपालविरुद्ध अमेरिकाले बनाएको यो खेलसँगै विश्व कीर्तिमनी बनेको छ । यसअघि जिम्बाबेले ३५ रन बनाउँदा सबै विकेट गुमाए पनि उसले धेरै ओभर खेलेको थियो ।

यो शृङ्खलामा भने नेपालले २ खेलमा हार व्यहोर्दा २ खेलमा जीत हात पारेको छ । नेपाल ओमानसँगको दुवै खेलमा पराजित भयो भने अमेरिकाविरुद्धका दुवै खेलमा विजयी भयो ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ११ : १२ बजे

ओमानलाई नेपालले दियो १५२ रनको लक्ष्य

काठमाडौ– आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको

ओमानविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – टी–२० विश्वकप एसिया छनोटको सुपर सिक्स चरणमा नेपालका

एमाले केन्द्रीय कमिटी बैठक : अन्तरिम सरकार र निर्वाचनबारे छलफल

काठमाडौं – नेकपा एमालेको आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा

जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुटपाट गर्ने व्यक्ति पक्राउ, यसअघि नै परेका थिए आठ उजुरी

काठमाडौं– गत भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा प्रहरीको

जेन–जीका नाममा कर्मचारीलाई धम्क्याउने अर्जुन शाही पक्राउ

काठमाडौं – ‘जेन–जी’ आन्दोलनको नाममा कर्मचारीहरूलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाही