मोटरसाइकल चोरि भएको आधा घन्टा मै एक जना पक्राउ | Khabarhub Khabarhub

मोटरसाइकल चोरि भएको आधा घन्टा मै एक जना पक्राउ


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूचना पाएको आधा घण्टामै चोरिएको मोटरसाइकलसहित एकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको दरबारमार्गबाट राति हराएको मोटरसाइकल बिहान ३ बजेको समयमा कलङ्कीमा फेला परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा गोरखाका मिलन न्यौपाने रहेका छन् ।

महाशाखाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सूचना प्राप्त भएको आधा घण्टाको समयमा नै हराएको मोटरसाइकल फेला परेको जानकारी दिए ।

“हामीलाई बा ४८ प ६१८६ नम्बरको स्कुटर हराएको भनेर दरबारमार्गस्थित ट्राफिक प्रहरीमा सूचना आयो, सबै मातहतका युनिटलाई तत्कालै खबर गर्‍यौँ, कलङ्कीमा बसेका ट्राफिक प्रहरीले मोटरसाइकलसहित मानिसलाई पक्राउ गर्न सफल भए”, श्रेष्ठले भने ।

उनले कुनै पनि घटना समयमै जानकारी गरायो भने त्यसको कारण खोज्न र हराएका वस्तु फेला पार्न सजिलो हुन्छ भन्ने यो एउटा उदाहरण भएकोसमेत बताए।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १२ : ३० बजे

चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते

बागमती– चट्याङ लागेर मकवानपुरको मनहरी गाउँपालिका– ६ हाङलाङमा आज एक

कैलालीको गेटा आँखा अस्पतालबाट दुई लाख ८० हजारले लिए सेवा

कैलाली– कैलालीको गेटा आँखा अस्पतालबाट गत आर्थिक वर्ष २०८१/८२ मा

गृह मन्त्रालयद्वारा सङ्घसंस्था दर्ता, नियमन तथा व्यवस्थापनसम्बन्धी विधेयक रायका लागि सार्वजनिक

काठमाडौं– गृह मन्त्रालयले सङ्घसंस्था दर्ता, नियमन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन

नेपाली पर्यटनको कथा टिकटकमार्फत संसारलाई सुनाइने

काठमाडौं–  हिमाल, संस्कृति र प्रकृतिले सम्पन्न देश नेपाललाई विश्वले विभिन्न