न्यू ह्याम्पसायर प्राइमरीमा बर्नी स्याण्डर्सको जीत « Khabarhub

न्यू ह्याम्पसायर प्राइमरीमा बर्नी स्याण्डर्सको जीत


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यू ह्याम्पसायर– आसन्न राष्ट्रपतीय निर्वाचनका लागि उम्मेद्वार छनौट गर्न डेमोक्र्याटिक पार्टीले न्यू ह्याम्पसायर राज्यमा गरेको प्राइमरी निर्वाचनमा भर्मन्ट राज्यका सिनेटर बर्नी स्याण्डर्स विजयी भएका छन् ।

अमेरिकी सञ्चारमाध्यमले सार्वजनिक गरेको नतिजाअनुसार स्याण्डर्सले २६ प्रतिशत मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा रहेका इण्डियाना राज्य साउथ बेण्ड शहरका पूर्व मेयर पिट बुटेजेजले २४ प्रतिशत मत पाउने अनुमान गरिएको छ ।

उदारवादी सिनेटर एमी क्लोबचार २० प्रतिशत मत प्राप्त गर्दै तेस्रो स्थानमा छिन् । सिनेटर एलिजाबेथ वारेन करिब ९ प्रतिशत मतका साथ चौथो स्थानमा सीमित भइन् ।

बाइडनलाई न्यु ह्याम्पसायरबाट पर्याप्त मत प्राप्त नहुने पहिल्यै अनुमान गरिएको थियो । आयोवामा पनि उनको हालत यस्तै थियो । पूर्व उपराष्ट्रपति बाइडनका लागि ८ प्रतिशतको हाराहारीमा मात्र मत प्राप्त हुनु निकै निराशाजनक स्थिति रहेको अमेरिकी सञ्चारमाध्यमको विश्लेषण छ ।

पछिल्लो नतिजाले पार्टीका वरिष्ट सदस्य एवं पूर्व उपराष्ट्रपति जो बाइडन लगायतका उम्मेदवारसामु आगामी प्रतिस्पर्धामा सहभागी हुने वा नहुने भन्नेमा अन्यौल खडा भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी टेलिभिजन सञ्जाल एनबीसी र एबीसीले आफ्नो पक्षमा नतिजा आएको बताएलगत्तै स्याण्डर्सले समर्थकलाई सम्बोधन गर्दै न्यू ह्याम्पसायरका जनतालाई जितका लागि धन्यवाद दिन चाहेको बताए ।

‘यो विजय डोनाल्ड ट्रम्पको अन्त्यको शुरुवात हो’ जीतपछिको सम्बोधनमा प्रगतिशील धारका सिनेटर स्याण्डर्सले भने । अब अमेरिकामा न्यायपूर्ण कर प्रणाली र स्वास्थ्य सेवा सुधारलाई कसैले रोक्न नसक्ने स्याण्डर्सको भनाइ छ ।

यही राज्यमा स्याण्डर्सले सन् २०१६ मा हिलारी क्लिन्टनलाई पनि पराजित गरेका थिए ।

७८ वर्षीय स्याण्डर्सले न्यु ह्याम्पसायरको प्राथमिक चुनाव जित्ने पहिल्यै अड्कलबाजी गरिएको थियो, तर बुटेजेजले यति कडा चुनौती देलान् भन्ने अनुमान गरिएको थिएन । बुटेजेजको चुनावी अभियान दलका सदस्यहरु न्यु ह्याम्पसायरको नतिजाबाट निकै उत्साहित भएका छन् । यसअघि आयोवामा भएको ककसमा उनले झिनो मतान्तरमा स्याण्डर्सलाई पराजित गरेका थिए ।

न्यू ह्याम्पसायर प्राइमरीसँगै प्रविधि उद्यमी एन्ड्र्यू याङ र कोलोराडोका सिनेटरका माइकल बेनेटले राष्ट्रपतिको दौड परित्याग गरेको घोषणा गरेका छन् । ‘म गणितको विद्यार्थी हुँ, र ह्याम्पसायरको मतसंख्याबाट यो स्पष्ट छ कि हामी यो दौड जित्न सक्दैनौं,’ याङको भनाइ छ ।

अब आगामी फेब्रुअरी २२ का दिन नेभादा राज्यमा डेमोक्र्याटिक पार्टीको ककस हुनेछ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १ : ३१ बजे

पदाधिकारी व्यवस्थापन गर्न ओलीलाई मुस्किल, असन्तुष्ट तान्ने दाउमा पोखरेल

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशनमा उद्घाटन शत्र सकिएपछि नयाँ

एनपीएलः रोहितले जिते कार, अरूले के पाए ?

काठमाडौं – लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग

‘हाइकिङ’ जाँदा अस्वस्थ भएका भारतीय राजदूतको हेलिकप्टरबाट उद्धारपछि उपचार

काठमाडौं – ‘हाइकिङ’ जाँदा अस्वस्थ भएपछि नेपालका लागि भारतीय राजदूत

गाउँबस्तीको विकासमा प्रदेश सरकार सक्रिय छः मुख्यमन्त्री बानियाँ

नुवाकोट – बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले देश निर्माणको अभियानअन्तर्गत

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव : छोङछिङमा सांस्कृतिक कार्यक्रम

काठमाडौं नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार छोङछिङ महानगरमा