भक्तपुरका जनतामा कोरोनाको त्रास ! « Khabarhub

भक्तपुरका जनतामा कोरोनाको त्रास !


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुर जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रको मुख्य गेटमै ठूलो कालो ब्यानर टाँगिएको छ । ब्यानरमा पाँच नारा लेखिएका छन् । गेटको दायाँबायाँ भित्ता र रूखमा पर्चा, पम्प्लेट टाँसिएका छन् ।

गेटमा प्रहरी तैनाथ छन् । प्राधिकरणको गेटअगाडि अचेल दैनिक स्थानीय बासिन्दाले सरकारविरुद्ध नाराबाजी गर्ने गरेका छन् । कोही नारा लगाइरहेका देखिन्छन्, महिला र ज्येष्ठ नागरिकको मुहारमा निकै चिन्ता र त्रास देखिन्छ । बस्तीको बीचमा रहेको प्राधिकरणमा सरकारले चीनबाट फर्काउन लागेका १८५ नेपालीलाई राख्ने क्वारेन्टाइन बनाएपछि यस क्षेत्रमा दैनिक देखिएका दृश्य हुन् यी ।

आज खरिपाटीको गेटमा उभिएका स्थानीय ५६ वर्षीय राजाराम कार्कीले निकै चिन्ता व्यक्त गर्दै भने, “हामी यही ठाउँमा बस्छौँ, चीनबाट सरकारले फर्काउन लागेका नेपालीलाई यहीँ राख्ने भएछ, यहाँ रोग फैलियो भने त हामी सबै सिधिन्छौं, सरकारले हाम्रो सुरक्षाको बेवास्ता किन गरेको होला ?” उनी मात्रै होइन, यतिखेर सिङ्गो जिल्लाका बासिन्दामा बढेको त्रास र चिन्ता हटाउन सम्बन्धित निकायले खासै पहल गरेको छैन । सरकारले चीनबाट कोरोना भाइरस सङ्क्रमति भएका नेपालीलाई होइन, स्वस्थ्य नेपाली नागरिकलाई ल्याउने हो र उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर परीक्षण मात्रै गर्ने हो भनेरसम्म पनि स्थानीय जनतालाई बुझाउन सकेको छैन ।

“स्थानीय बासिन्दालाई भाइरस सङ्क्रमति होइन, स्वस्थ्य नागरिक ल्याएर परीक्षणमा राख्ने मात्रै हो भन्ने कुराको जनचेतना मात्रै दिन सकेको भए पनि यति धेरै त्रास र आक्रोश हुने थिएन, स्थानीयवासीको विरोधका बाबजुद प्रहरी तैनाथ गरेर जबर्जस्ती क्वारेन्टाइन बनाएपछि त्रास र आक्रोश बढेको हो”, चाँगुनारायण नगरपालिकाकी महिला जनप्रतिनिधि कमला गिरीले भनिन् ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले घना बस्ती, पर्यटकीय क्षेत्रलाई बेवास्ता गरेर क्वारेन्टाइन बनाउन यो ठाउँको छनोट गर्नु गलत भएको बताए । नगर प्रमुख सोमप्रसाद मिश्रले स्थानीय सरकारसँग कुनै समन्वय नै नगरी हस्तक्षेप गरेर क्वारेन्टाइन राख्न खोज्नु गलत भएको बताए ।

क्वारेन्टाइन निर्माण पूरा

सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेका नेपालीलाई राख्नका लागि खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणका चार भवनमा क्वारेन्टाइन निर्माण कार्य पूरा गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग, होस्टेल भवन, क्यान्टिन नजीकै रहेको रातो भवन र प्राधिकरणका निर्देशक क्वार्टरमा क्वारेन्टाइन बनाइएको नेपाल विद्युत् प्राधिकरण खरिपाटीका सहनिर्देशक केशवराज ओलीले जानकारी दिए ।

चीनको कोरोना भाइरस सङ्क्रमित वुहानबाट आगामी फागुन ३ गते उद्धार गरी ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न चार ब्लकमा १९९ श्यया तयार पारिएको छ । नेपालीको उद्धार गर्न स्वास्थ्यकर्मी र विमान चालक दलका सदस्य गरी ८५ लाई तालीम दिइएको र चीनबाट स्वदेश फर्किन चाहने १८५ नेपालीलाई एकैपटक नेपाल ल्याएर विमानस्थलमा स्वास्थ्य जाँच गरी सिधै खरिपाटीमा बनाएको क्वारेन्टाइनमा १४ दिन राखेर स्वस्थ्य भए मात्रै घर पठाइने भएको हो ।

जहाजका पाइलट लगायतका टोलीलाई चाँगुनारायण–६ नगरकोटको खानेपानी तालीम केन्द्रमा राख्ने तयारी गरिएको छ । विमानस्थलमा ज्वरो आएको पाइएमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिने छभने सरकारले कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि सरकारी र निजी अस्पतालमा गरी १४७ आइसोलेशन वार्ड तयार पारेको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  २ : १० बजे

मनसुन सक्रिय भएसँगै देशभर झाडापखालाका बिरामी बढे, उपत्यकामा हैजाको जोखिम उच्च

काठमाडौँ – मनसुन सक्रिय भएसँगै देशभर लगातार भइरहेको वर्षाका कारण

बाँकेको जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगञ्ज– बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु

अत्यावश्यक औषधि उत्पादनको समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच

एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

काठमाडौँ– विद्युत विकास विभागले आर्थिक वर्ष २०८२–८३ मा जलविद्युत्तर्फ ९९

दुई फर्मलाई वाणिज्य विभागको जरिवाना

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई