हिमालयन शेर्पा र जाउलाखेल बराबरीमा | Khabarhub Khabarhub

हिमालयन शेर्पा र जाउलाखेल बराबरीमा


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा र जावलाखेल युथ क्लब बीचको खेल बराबरीमा समाप्त भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा आज सम्पन्न खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको पहिलो हाफ सकिँदा १० खेलाडीमा सीमित जावलाखेलविरुद्ध शेर्पाले ३–१ को अग्रता बनाएको थियो तर खेलको दोस्रो हाफमा जाउलाखेलले दुई गोल थप्दै खेललाई तीन–तीन गोलको बराबरीको स्थितिमा पुर्‍यायो ।

खेलको पाँचौँ मिनेटमा स्टेफेन समिरले गोल गर्दै शेर्पालाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको २६औँ मिनेटमा विजय श्रेष्ठले गोल गर्दै शेर्पालाई दोस्रो अग्रता दिलाए । खेलको ३५औँ मिनेटमा जावलाखेलका गोलरक्षक अरुण ब्लोनले रातो कार्ड पाएपछि जावलाखेल १० खेलाडीमा समेटिएको हो । काउन्टरमा आएको बललाई डिबक्सबाहिर समातेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले अरुणलाई सिधै रातो कार्ड दिएका थिए ।

त्यस्तै खेलको पहिलो हाफको अत्तिरिक्त समयमा जावलाखेलका खेलाडी कुबेर बिष्टले गोल गर्दै खेल २–१ मा ल्याए । त्यसको केही समयपछि स्टेफेनले व्यक्तिगत दोस्रो गोल गर्दै शेर्पालाई ३–१ को अग्रता दिलाए । खेलको ६०औँ मिनेटमा जाउलाखेलका फोडे फोफानाले एक गोल गरे भने अर्का खेलाडी रुपबहादुर लामाले एक गोल थपेपछि खेल तीन–तीन गोलको बराबरीमा टुङ्गियो ।

बराबरीसँगै जावलाखेलले १२ खेलमा १९ अङ्क जोडेको छ । जावलाखेल लिगको पाँचौँ स्थानमा रहेको छ । त्यस्तै समान खेल खेलेको हिमालयन शेर्पाले ११ अङ्क जोडेको छ । शेर्पा ११औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ४ : ०२ बजे

राष्ट्रपति पौडेलको भ्रमण फलदायी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा सम्पन्न दोस्रो विश्व सामाजिक

काठमाडौँ महानगरपालिकाका प्रमुख साहविरुद्ध उजुरी

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध

नेपाली फिल्मलाई फाप्यो कात्तिक, सुस्ताएको बक्स अफिस तंग्रिँदै

काठमाडौं – ०८२ सालमा कात्तिक १४ सम्म ३० फिल्म प्रदर्शनमा

भीम रावललाई फकाउँदै दाहाल-नेपाल, सकारात्मक छ कुराकानी

काठमाडौं- नवघोषित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र