कोरोनाविरुद्धको भ्याक्सिन बनाउन दैनिक २२ घण्टा खटिने वैज्ञानिक डा.केट « Khabarhub

कोरोनाविरुद्धको भ्याक्सिन बनाउन दैनिक २२ घण्टा खटिने वैज्ञानिक डा.केट


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अधिकाशं मानिसलाई थाहा छ । पर्याप्त आराम पाउन मानिसले दैनिक ८ घण्टा निदाउन जरुरी छ ।

निन्द्राले मानिसको थकान, तनावका साथै नयाँ उर्जा समेत प्रदान गर्दछ । तसर्थ मानिस दैनिक ८ घण्टा सुत्न आवश्यक छ ।

यदि निन्द्रा पर्याप्त भएन भने यसले शरीरमा थकावट, रोग तथा अन्य जोखिम ल्याउने गर्दछ । तर स्कटल्याण्डकि एक महिला भने विगत केहि साता यता दैनिक मात्र २ घण्टा सुत्दै आएकी छन् ।

हो, स्कटल्याण्डकी डा. केट ब्रोडरिक नामकी महिना वैज्ञानिक कोरोना भाइरसबाट विश्वलाई बचाउन आफुलाई २२ घण्टा काममा ब्यस्त राख्दै दैनिक २ घण्टा मात्र सुत्ने गर्दछिन् ।

उनको बाँकीको २२ घण्टा कोरोना भाइरसको भ्याक्सिन आविष्कार गर्ने कोशिसमा बित्ने गरेको छ ।

अमेरिकाको यूनिवर्सिटी अफ कैलिफोर्नियामा कार्यरत ब्रोडरिकका साथमा एक रिसर्च टीम नै रहको छ । पछिल्ला २० बर्षमा ब्रोडरिकले खतरनाक बिरामीको भ्याक्सिन तयार पार्ने काममा खटिदै आएकी छन् ।

दुई सन्तानकी आमा ब्रोडरिक अहिले परिवार भन्दा टाढा विश्व बचाउने प्रयासमा छिन् । ब्रोडरिकका अनुसार यो समय विश्वलाई कोरोनाबाट बचाउनु नै उनको मुख्य लक्ष्य हो ।

आफ्नो पुरा उमेर मानिसलाई रोगबाट बचाउने काममा लगाएकोले अबका दिनमा पनि कोरोनाको भ्याक्सिन बनाएरै छाड्ने उनको उदेश्य छ । ब्रोडरीकले इबोला, जीका जस्ता खतरनाक रोगको भ्याक्सिन बनाउने काममा सफलता पाइसकेकी छन् ।

चीनमा कोरोना भाइरस फैलिएपछि चिनियाँ अधिकारीद्वारा कोरोना भाइरसको जेनेटिक कोड जारी गरिएको थियो ।

कोड जारी भएको ३ घण्टा पछि डा. ब्राडरिकले एक भ्याक्सिन तयार पारेकी थिइन् । भ्याक्सिनको डिजाइन भोलिपल्टै फ्याक्ट्रिमा पठाइएको छ ।

उनको भ्याक्सिन बनाउन विश्व धनाढ्य बिल गेट्स समर्थित एक संस्थाबाट वितिय सहयोग समेत प्राप्त भइसकेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ७ : ३४ बजे

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

विश्वकप अन्तिम ३२ को समीकरण पूरा, कसको भिडन्त कुन टिमसँग ?

काठमाडौँ – विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै

आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा उभिने

काठमाडौँ– नेकपा एमालेले आज जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती विशेष

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल