इरानमा अमेरिकी नागरिकलाई १० वर्षको जेल सजाय « Khabarhub

इरानमा अमेरिकी नागरिकलाई १० वर्षको जेल सजाय


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानमा एकजना अमेरिकी नागरिकलाई १० वर्षको जेलसजाय सुनाइएको छ । ४६ वर्षीय अमेरिकी नागरिक माइकल ह्वाइटलाई इरानको अदालतले १० वर्ष काराबास सजाय सुनाएको हो ।

गत जुलाईमा इरानको मशहद शहरमा एकजना इरानी महिलासँग भेट्न गएका बेला प्रहरीले उनलाई गिरफ्तार गरेको थियो । इरानका सर्वोच्च नेताको अपमान गरेको तथा आफ्नो व्यक्तिगत तस्बीर सार्वजनिक गरेको अभियोगमा दोषी ठहर गर्दै अदालतले उनलाई १० वर्षको जेलसजाय सुनाएको हो ।

के कारणले अदालतले सर्वोच्च नेताको अपमान गरेको अभियोगमा दोषी ठहर गरेको हो भन्ने स्पष्ट नभएपनि उनले इरानी महिलासँगै बसेर खिचेको फोटो सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका थिए ।

क्यालिफोर्निया राज्यमा बसोबास गर्ने ह्वाइटले अमेरिकी नौसेनामा १३ वर्ष सेवा गरेको बताइएको छ ।

इरानी अधिकारीले यसबारे केही विवरण सार्वजनिक गरेका छैनन् । यद्यपि ह्वाइटका पारिवारिक वकिलले जनाएअनुसार उनलाई गत मार्च ६ र ९ तारिखकको दिन भएका बेग्लाबेग्लै सुनुवाईपछि सजाय सुनाइएको हो ।

अमेरिकाको विदेश मन्त्रालयले भने माइकलमाथिको फैसला साँच्चै नै अपराध गरेकाले हो वा राजनीतिक उद्देश्यबाट प्ररित भएर सजाय सुनाइएको हो, त्यसबारे जानकारी लिइने जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ३ : २८ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन