पीएजी फ्रेन्च लिगको सेमिफाइनल प्रवेश « Khabarhub

पीएजी फ्रेन्च लिगको सेमिफाइनल प्रवेश


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डिजोनमाथी ६- १ को शानदार जीत निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको सेमिफाईनलमा प्रवेश गरेको छ ।

बिहिबार भएको एकपक्षीय जस्तो खेलमा पीएजीले डिजोनमाथि ६–१ को जीत निकालेको हो । जीतसँगै पीएसजी अन्तिम ४ मा प्रवेश गरेको छ । पीएजीले दुई गोल आत्मघाती उपहार पाएको थियो ।

वेस्ले लाउटोआको आत्मघाति गोलसंगै पहिलो मिनेटमै पीएसजीले खेलमा अग्रता बनाएको थियो । डिजोनका मौनीर चौईरले १३ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

केलियन एम्बाप्पेले ४४ औं मिनेटमा गोल गर्दै पीएसजीलाई पहिलो हाफमा अग्रता दिलाए ।  थिएगो सिल्भाले ५० औ मिनेटमा गोल गर्दै पीएसजीलाई ३–१ ले अघि बढाए ।

लगत्तै पाब्लो साराबियाले ५५ औ मिनेटमा पीएसजीका लागि चौथो गोल गरे । खेल सकिन चार मिनेट अगाडी सेनु कौलबलीको आत्मघाति गोलसंगै पीएसजी खेलमा ५–१ ले अघि बढ्यो । ईन्जुरी समयमा साराबियाले ब्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई फराकिलो जित दिलाए ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ८ : ०९ बजे

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

काठमाडौं- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती