ह्याकरका अनेक दाउ, ब्लूटूथमार्फत पनि मोबाइलका डाटा चोरिदै « Khabarhub

ह्याकरका अनेक दाउ, ब्लूटूथमार्फत पनि मोबाइलका डाटा चोरिदै


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनुसन्धानकर्ताहरुले एन्ड्रोएन्ड स्मार्ट फोनमा एउटा नयाँ सेक्योरिटी कमजोरी पत्ता लगाएका छन ।

यसको फाइदा उठाउँदै ह्याकरहरुले ब्लूटूथको माध्यमबाट डाटा चोरी गर्दै आएको खुलेको छ । साइबर सेक्योरिटी फर्म इआरएनडब्लुले हालसालै यस्तो कमजोरी पत्ता लगाएपछि मोबाइलमा रहेका डाटा पनि असुरक्षित रहेको खुलेको हो ।

अनुसन्धानकर्ताहरुका अनुसार यसको माध्यमबाट ह्याकरहरुले यूजरको पर्सनल डाटा चोरी गर्दै आएका छन ।प्रयोगकर्ताको स्मार्टफोन एन्ड्रोएड पुरानो भर्जन रहेकालाई यो झन डरलाग्दो बिषय हुन सक्दछ ।

इआरएनडब्लुले एन्ड्रोयड ८.० देखि एन्ड्रोएड ९.० सम्म रिमोट अट्याकरले ब्लूटुथको सहायतामा प्रयोगकर्ताबाट उसको स्मार्टफोनमा कोड एग्जिक्यूट गरिदै आएको पत्ता लागेको हो ।

यद्पी यसका लागी अट्याकरहरुलाई प्रयोगकर्ताको ब्लूटूथ मेक एड्रोस थाहा रहेको हुनु पर्दछ । यस प्रकारको ह्याकिंगमा समान्यतया यूजरको तर्फबाट कुनै टास्क परफर्मको आवस्यकता रहँदैन । यूजरलाई आफ्नो मोबाइल ह्याक भएको कुरा समेत थाहा हुँदैन् ।

ईआरएनडब्लुले केहि डिभाइसहरुमा ब्लूटूथ मेक एड्रेशलाई वाइफाई मेक एड्रेशबाट पत्ता लगाउन सकिने बताएको छ । उनिहरुले प्रयोगकर्तालाई उनिहरुसँग एन्ड्रोयडको पुरानो भर्जन रहेको खण्डमा डिभाइसलाई २०२० को सेक्योरिटी प्याचसँग अपडेट गराउन आग्रह पनि गरेका छन ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ९ : ५६ बजे

स्वर्णिमले बिजुलीमा भ्याट लगाए, अब विराजभक्तले महसुल घटाउँदै

काठमाडौं- चालु आर्थिक वर्षको बजेटमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिजुलीमा

वालेन्द्रको खोजी भएपछि रविको जवाफ : कुरा गरेको छु, अर्को बैठकदेखि आउनुहुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री एवम् संसदीय

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी