कांग्रेस र कम्युनिस्टको विकल्प अब राप्रपा : कमल थापा | Khabarhub Khabarhub

कांग्रेस र कम्युनिस्टको विकल्प अब राप्रपा : कमल थापा


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले “पार्टीलाई उठाउने सड्ढल्प अनि सड्ढल्प कार्यान्वयन गर्ने क्रममा केन्द्रीय महाधिवेशन” सफलता पुर्बक सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।

पार्टीको बागमती प्रदेशस्तरीय निर्वाचन अभिमुखिकरण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले भने, ‘महाधिवेशन औपचारिक प्रक्रिया मात्र होइन , संगठन निर्माणको आन्दोलन र अभियान हो।’

उनले राप्रपालाई कांग्रेस र कम्युनिस्टको बिकल्पको रुपमा अगाडि बढाउन देशभरका कार्यकर्ताको प्रतिबद्धता र मेहनतको जरुरी भएको बताए ।

सक्रिय सदस्यताको आधारमा महाधिवेशन प्रतिनिधि हुने बिषयलाई नेताहरुले गम्भीरतासाथ लिई काम गर्न थापाको आग्रह गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता दिपक बोहराले देशब्यापी रुपमा संगठन सुदृढीकरण अभियानमा लाग्नुपर्नेमा जोड दिए ।

पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले पार्टी र नेतृत्व प्रती चलाईएको भ्रम र घेराबन्दीलाई तोडेर अघि बढ्नुको बिकल्प नभएको बताए ।

कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाका ३ सय पाँच प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १० : २० बजे

बालेनविरुद्ध सुकुम्बासी उचाल्दै दुर्गा प्रसाईं (तस्बिर)

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा आइतबार सुनको मूल्य केही बढेको छ ।

प्रि ओपन सेसन : करिब साढे २ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल

मेसीको दुई गोलमा इन्टर मियामीको शानदार जित

काठमाडौं – लियोनेल मेसीको शानदार प्रदर्शनमा एमएलएस कपमा इन्टर मियामीले

जेन-जी आन्दोलनपछि बदलिएका काठमाडौंका पर्खाल र भित्ताहरू (फोटो फिचर)

काठमाडौं– गत भदौ २३ र २४ गते देशव्यापी रुपमा नयाँ