जनयुद्ध दिवसको कार्यक्रममा प्रधानमन्त्री ओली अनुपस्थित « Khabarhub

जनयुद्ध दिवसको कार्यक्रममा प्रधानमन्त्री ओली अनुपस्थित


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २५ औं जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

तत्कालीन नेकपा माओवादीले १ फागुन २०५२ मा जनयुद्ध घोषणा गरेको सन्दर्भ पारेर नेकपाले फागुन १ मा जनयुद्ध दिवस मनाउँदै आएको छ ।

२५ औं जनयुद्ध दिवसको अवसरमा नेकपाले बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा विशेष कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल (प्रचण्ड) सहित शीर्ष नेता सहभागी हुने भनिएको थियो ।

तर, प्रधानमन्त्री ओली भने धुम्बाराही गएनन् । ओलीको निजी सचिवालयका एक सदस्यले स्वास्थ्य समस्याका कारण ओली जनयुद्ध दिवसको कार्यक्रममा सहभागी नभएको प्रतिक्रिया दिएका छन् ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि बनेको नेकपाले गत वर्ष पनि जनयुद्ध दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको थियो । तर, ओली गत वर्षको कार्यक्रममा पनि अनुपस्थित भएका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १० : ५२ बजे

कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ

काठमाडौं- सुकुम्वासीलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका

झलनाथको टिप्पणी- पार्टी विभाजन गरेर नयाँ खोल्न लागेको भन्दै कुप्रचार गरियो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी

विश्वकपमा तन्त्रमन्त्रको घमासान : पेरुका झाँक्रीले फुकाए घानाका झाँक्रीको ‘श्राप’

काठमाडौं- अमेरिका, क्यानडा र मेक्सिकोमा जारी सन् २०२६ को फिफा

नेतृत्वको कमजोरीले कम्युनिष्ट आन्दोलन कमजोर बन्यो : जनार्दन शर्मा

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेतृत्व तहमा

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौं– आज असार १५, राष्ट्रिय धान दिवस । देशभर किसान