तस्वीरमा हेर्नुहोस्– 'जनयुद्ध' को बेलाका प्रचण्ड, बाबुरामदेखि विप्लवसम्म | Khabarhub Khabarhub

तस्वीरमा हेर्नुहोस्– ‘जनयुद्ध’ को बेलाका प्रचण्ड, बाबुरामदेखि विप्लवसम्म


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेकपाले आज जनयुद्ध दिवस मनाइरहेको छ । पार्टी कार्यालय धुम्बाराहीमा एक कार्यक्रमको आजोजना गरिएको थियो ।

कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्ड सहितका नेताहरु सहभागी भएका थिए । तर अर्का अध्यक्ष केपी ओली भने कार्यक्रममा सहभागी भएनन् ।

तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गते सुरु गरेको शसस्त्र युद्धको सम्झनामा हरेक वर्ष उक्त पार्टीले जनयुद्ध दिवस मनाउँदै आएको थियो । तत्कालिन नेकपा एमालेसँग एकता गरेपछि बनेको नेकपाले पनि जनयुद्ध दिवसलाई मनाउँदै आएको छ ।

विद्रोह शुरु गर्दाका नेताहरु तत्कालिन माओवादीबाट छुटिएर फरक फरक पार्टीमा रहेका छन् । मोहन वैद्य, नेत्रविक्रम चन्द लगायतको नेतृत्वमा फरक फरक पार्टी रहेका छन् । उनीहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

विक्रम संवत २०५२ साल फागुन एक गते तत्कालिन विद्रोही नेकपा माओवादीले संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरुवात गरेको थियो । २०६३ साल मंसीर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रुपमा अन्त्य भएको थियो । शसस्त्र विद्रोह शुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ ।

हेरौं केही तस्वीर

 

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १ : ३० बजे

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल

गगन थापा भन्छन् : शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी