जनयुद्ध दिवसको शुभकामना दिँदै डा. भट्टराईले भने– क्रान्तिलाई जारी राखौं « Khabarhub

जनयुद्ध दिवसको शुभकामना दिँदै डा. भट्टराईले भने– क्रान्तिलाई जारी राखौं


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टी नेपाका अध्यक्ष डा बाबुराम भट्टराईले जनयुद्धका उपलब्धिहरुको रक्षा गर्दै क्रान्ति जारी राख्नुपर्ने बताएका छन् ।

तत्कालीन विद्रोही नेकपा माओवादीका एक जना मुख्य नेतासमेत रहेका डा भट्टराईले सामाजिक सञ्जाल ट्विटरबाट १० वर्षे जनयुद्धको प्रक्रियामा सहभागी क्रान्तिकारी सहयोद्धाहरुमा शुभकामना व्यक्त गरेका हुन् ।

प्रचण्डसँग उभिएको तस्वीर राख्दै डा भट्टराईले लेखेका छन्,‘ ऐतिहासिक जनयुद्ध प्रारम्भको २५ औं वर्ष प्रवेशको सन्दर्भमा सम्पूर्ण महान सहिदहरु, वेपत्ताजन, घाइतेप्रति उच्च सम्मान व्यक्त गर्दै १० वर्षसम्मको जनयुद्धको प्रक्रियामा सहभागी सम्पूर्ण क्रान्तिकारी सहयोद्धाहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । उपलब्धीहरुको रक्षा गर्दै क्रान्तिलाई जारी राखौं ।’

जनयुद्धका समयमा तत्कालिन जनसरकार प्रमुखसमेत रहेका डा भट्टराई पछिल्लो समय भने जनयुद्ध दिवसका कार्यक्रममा सहभागी हुने गरेका भने छैनन् ।

तत्कालिन माओवादी पार्टी परित्याग गरि डा भट्टराईले नयाँ शक्ति नामक दल खडा गरेका थिए । पछिल्लो समय उनी उपेन्द्र यादवको पार्टीसँग एकता गरि समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बनेका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १ : ४४ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित