कसैको नक्कल गरेर क्रान्ति गरेका होइनौंः अध्यक्ष प्रचण्ड « Khabarhub

कसैको नक्कल गरेर क्रान्ति गरेका होइनौंः अध्यक्ष प्रचण्ड


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सही विचार र नेतृत्वकै कारण जनयुद्धलाई शान्तिमा रुपान्तरण गरेको बताएका छन् ।

जनआन्दोलन तथा जनयुद्धका शहीदहरुको स्मृतिमा नेकपा चितवनद्वारा आज भरतपुरमा आयोजित श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले धैरै वर्षसम्मको वैचारिक बहस र कसरतपछि शान्ति प्रक्रिया र पार्टी एकीकरणका काम भएको बताए ।

‘‘तत्कालीन नेकपा एमाले र माओवादीबीचको शृङ्खलाबद्ध वार्ताले देशलाई सङ्घीय गणतन्त्रमा लैजाने अठोट गरेको हो’’, उनले भने ,“त्यसले देशलाई युगीन परिवर्तन गर्‍यो ।”

दाहालले कसैको नक्कल गरेर क्रान्ति नगरको भन्दै नेपालको क्रान्तिमा आफ्नैपन रहेको बताए । ‘‘नेपालमा जस्तै मौलिक परिवर्तन दुनियाँमा कतै भएको छैन्”, उनले भने,“यो सही विचारका कारण हुनसक्यो ।”

कम्युनिष्ट कमजोर अरुका कारण नभई आफ्नै कारणले हुने गरेको उनले बताए ।

‘‘कम्युनिष्ट आन्दोलन प्रतिक्रियावादीको सङ्घर्षमा पराजित भएको छैन्”, उनले भने,“आफैँभित्र देखा पर्ने विसङ्गति, विचलन र विकृतिले आफैँ सिद्धिने गरेका छौँ ।”

‘‘पार्टी एकता हतपत आवेगमा विचार नै नगरी भएको हो भन्ने कतिपयलाई लाग्न सक्छ”, अध्यक्ष प्रचण्डले भन्नुभयो,“यसका लागि धेरै वैचारिक बहस भएका छन् ।” पार्टी र सिद्धान्त समय र परिस्थिति अनुसार परिवर्तन हुनुपर्ने उनले बताए ।

नेपालमा हतियार नउठाएका पार्टीको राजनीतिक अस्तित्व नरहेको जिकिर गर्दै २००७ सालको जनक्रान्ति, २०२८ सालको झापा विद्रोह र २०५२ सालको जनयुद्धमार्फत आएका पार्टी नै नेपालमा स्थापित भएको उनको भनाइ छ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ७ : १८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै