गिरिजाबाबुलाई ‘विवादित’ बनाउने अध्यक्ष प्रचण्डको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति (विज्ञप्ति सहित) « Khabarhub

गिरिजाबाबुलाई ‘विवादित’ बनाउने अध्यक्ष प्रचण्डको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति (विज्ञप्ति सहित)


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष  पुष्प कमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्ति बारे आपत्ति जनाएको छ ।

कांग्रेसले विहीबार अपराह्न विज्ञप्ति जारी गर्दै स्व. गिरिजाप्रसाद कोइरालाको विषयमा अध्यक्ष ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपुर्ण अवतरण गराउन निर्णायक पहल गर्नुहुने शान्तिका नायक स्व. गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भूमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक त छ नै आपत्तिजनक समेत छ ।’

‘`फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो र सदरमुकाम हान्‍नुपर्‍यो´ भनेर गिरिजाप्रसाद कोइरालाले दहाललाई यदि सांचै भन्नुभएको हुँदो हो त त्यो संवादको कुरा कोइराला जिवित छंदैनै दाहालले पक्कै सार्वजनिक गर्नुहुन्थ्यो । तर उनको निधन भएको यतिका बर्षपछि ऎतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैह्र जिम्मेवार अभिव्यक्ति आउनु दु:खद भएको कांग्रेसले जनाएको ।

यस्तो छ विज्ञप्ति

 

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ७ : ४९ बजे

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

म्याग्दी– सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन्

एमाले महाधिवेशन : मतदान जारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व

झण्डै दोब्बरले बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकर पनि दोब्बर

काठमाडौं– चालु आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा मंसिर महिनामा नेपालमा

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब

युके पठाउने भन्दै ५२ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी