१ सय १२ वर्षीया वातानाबेको नाममा 'विश्वकै वृद्ध व्यक्ति'को रेकर्ड | Khabarhub Khabarhub

१ सय १२ वर्षीया वातानाबेको नाममा ‘विश्वकै वृद्ध व्यक्ति’को रेकर्ड


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानका चितेत्सु वातानाबेले सबैभन्दा लामो समय बाँच्ने पुरुषको कीर्तिमान बनाउन सफल भएका छन् ।

फेब्रुअरी १२ का दिन ११२ वर्ष ३४४ दिन उमेर पुगेका उनलाई विश्व कीर्तिमानको अभिलेख राख्ने गिनिज बुक अफ वल्र्ड रेकड्र्सले सबैभन्दा बृद्ध व्यक्तीको सूचीमा दर्ता गरेको हो ।

उनी बसोबास गर्ने जापानको निगितास्थित एक ज्येष्ठ नागरिक स्याहार केन्द्रमै पुगी उनलाई गिनिज बुकको टोली कीर्तिमानको प्रमाणपत्र दिएको हो ।

सन् १९०७ मार्च ५ मा जन्मेका उनका ५ छोराछोरी छन् । किसान विद्यालयबाट पढाई सकेका उनी जीवनको पूर्वाद्धतिर उखु खेतीका लागि ताइवान पुगेका थिए ।

ताइवानमा उनले १८ वर्ष बिताएको गिनिज बुक अफ वल्र्ड रेकड्र्सले उल्लेख गरेको छ । ताइवान बसाईकै क्रममा उनले विवाह गरेको र उनका ५ मध्ये ४ सन्तान ताइवानमै जन्मेको जनाइएको छ ।

सन् १९४४ तिर उनले दोश्रो विश्वयुद्धका क्रममा प्रशान्त क्षेत्रमा समेत सहभागिता जनाएका थिए । निकै लामो समय उखु खेति गरेका उनले अझै पनि गुलियो खानेकुरा मन पराउने गरेको बताइएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ८ : ११ बजे

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

बागमती – बागमती प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारद्वारा प्रस्तुत आगामी

एकीकृत समाजवादी विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा अशोक थापा

काठमाडौं – नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनको विशेष जिल्ला

यस्तो छ रजनीकान्तको फिल्म ‘कुली’मा आमिर खानको लुक्स

काठमाडौं – दक्षिण भारतीय नायक रजनीकान्तको फिल्म ’कुली’मा बलिउड नायक

कांग्रेस बैठकमा नेताहरूलाई सुझाव- कार्यकार्ता असन्तुष्ट छन्, कार्यशैली सुधार्नुस्

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीका नेताहरूको कार्यशैली सुधार गर्नुपर्नेमा