फाइनल रिलिज मितिसँगै ‘जात्रै जात्रा’ को गीत रिलिज « Khabarhub

फाइनल रिलिज मितिसँगै ‘जात्रै जात्रा’ को गीत रिलिज


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन १७ गते नै प्रदर्शनमा आउने भनिएको फिल्म ‘जात्रै जात्रा’ को गीत ‘माया पिरिम’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा आइतबार  गीतको भिडियो सार्वजनिक गरियो ।

ओएसआर डिजिटलको च्यानलबाट युट्युबमा समेत रिलिज गरिएको गीतको भिडियोमा चर्चित कलाकारहरुले अभिनय गरेका छन् ।

जेठ ३ गतेलाई फाइनल रिलिज मिति तोकेको यो फिल्मले तीन दिनअघि मात्र बैशाख २७ गतेलाई रिलिज मिति तोकेको थियो । निर्माण टिमले गीत सार्वजनिक गर्दै जेठ ३ मा फाइनल रिलिज मिति तोकेको हो ।

आज (आइतबार) सार्वजनिक गरिएको गीतमा निश्चल बस्नेत, करिष्मा मानन्धर, वर्षा राउत, सारा सिर्पाली, विपिन कार्की, दयाहाङ राई, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा लगायतका कलाकारले नाचेका छन् ।

फिल्ममा वर्षा, रविन्द्र, रविन्द्र सिंह र विपिनको शीर्ष भूमिका छ ।

फिल्मका निर्माता रविन्द्र सिंह बानियाँले फिल्मको मागअनुसार यो गीतलाई समावेश गरिएको बताए । उनले भने, ‘फिल्ममा हामीले कलाकारलाई पैसा तिरेर बिहेमा नाच्न आएको एउटा दृश्य राखेका छौँ, त्यहीअनुसार यो गीत राखेका हौँ ।’

‘माया पिरिम’ बोलको गीतमा लेखु सहयात्रीका शब्द छन् भने कृष्ण भारद्वाजको संगीत सुन्न सकिन्छ । यस्तै गीतलाई निशान भट्टराई र मनीषा पोखरेलले गाएका हुन् । यस्तै गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ भने कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

फिल्मको कुरा गर्नुपर्दा यो फिल्ममा शिवराज श्रेष्ठको छायांकन छ । यस्तै फिल्ममा शंकर महर्जनको द्वन्द्व, श्रीकृष्ण श्रेष्ठको भीएफएक्स, मित्र डी गुरुङको सम्पादन छ ।

सिंगे लामा र योगेश्वर पौडेलले निर्माण गरेको यो फिल्ममा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ५ : ४३ बजे

कीर्तिमानी प्रधानमन्त्री बनेर अस्ताएकी खालिदा

खालिदा जिया बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री र बंगलादेश नेशनलिस्ट पार्टीकी

शीतलहर प्रभावित क्षेत्रमा दाउरा वितरण

राजविराज– शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि राजविराज नगरपालिकाले नगर क्षेत्रभित्र

कुलमान रास्वपामा विलय हुँदा पूर्वका पहिचानवादी बिलखबन्द

काठमाडौं- कुलमान घिसिङले उज्यालो नेपाल पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय

सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छ : मन्त्री घिसिङ

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मत ढिलाइ

कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

जुम्ला– ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार