प्रचण्डको अभिव्यक्तिबारे कांग्रेसले धारणा सार्वजनिक गर्नुपर्छ : कमल थापा « Khabarhub

प्रचण्डको अभिव्यक्तिबारे कांग्रेसले धारणा सार्वजनिक गर्नुपर्छ : कमल थापा


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (बिहीबार) दिएको अभिव्यक्तिबारे कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्।

‘जनयुद्ध’का शहीदको स्मृतिमा आयोजित श्रद्धाञ्जलिसभा कार्यक्रममा प्रचण्डले ‘जनयुद्ध’का बेला नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ठूल्ठूला आक्रमण गर्न सुझाव दिएको भन्ने अभिव्यक्ति दिएकोमा थापाले त्यसबारे कांग्रेसको धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका हुन् ।

थापाले ‘के कोइराला आतंककारीका मतियार थिए ?’ भन्दै प्रश्न गरेका छन्। उनले प्रचण्डको पछिल्लो दाबीले बाह्यशक्तिको मतियार माओवादी र माओवादीको हतियार कांग्रेस भन्ने स्पष्ट भएको आरोप लगाएका छन्।

कार्यक्रममा प्रचण्डले गिरिजाप्रसाद कोइराला र आफूबीच कुराकानी भैरहने र त्यसबेला कोइरालाले जनयुद्धलाई अझ मजबुत बनाउन भन्ने गरेको दाबी गरेका थिए।

आफूलाई फौजी आक्रमण बढाउन र सदरमुकाम हान्न कोइरालाले सुझाउने गरेको प्रचण्डको भनाई थियो।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १० : ११ बजे

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीको १५औँ

धनराज गुरुङले पनि उपसभापतिमा उम्मेदवारी दर्ता गराए

काठमाडौँ– नेपाली कांग्रेसका नेता धनराज गुरुङले १५औँ महाधिवेशनमा उपसभापति पदमा

कांग्रेस १५ औँ महाधिवेशन : भोट माग्ने रोबोट भन्छ- जय नेपाल

काठमाडौं– नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार

‘तातोपानी र रसुवागढी नाका सञ्चालनका लागि छलफल भइरहेको छ’ 

काठमाडौँ- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी र रसुवागढी नाका पुनः

हालजेनलाई भौतिकशास्त्रको नोबेल पुरस्कार

काठमाडौं- बेल्जियममा जन्मेका वैज्ञानिक फ्रान्सिस हालजेनले खगोलीय मूलका उच्च–ऊर्जा न्युट्रिनोको