प्रमिकाले प्रेम प्रस्ताव अस्वीकार गरेपछि प्रहरी जवानले आफैंलाई हाने गोली « Khabarhub

प्रमिकाले प्रेम प्रस्ताव अस्वीकार गरेपछि प्रहरी जवानले आफैंलाई हाने गोली


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- सहकर्मीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवानले शुक्रबार बिहान आफैंलाई गोली हानेका छन् ।

महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज (शुक्रबार) आफैँलाई पेटमा गोली हानि गम्भीर घाइते भएका छन् ।

रायले ड्यूटीमा रहकी महिला प्रहरीको राइफल खोसेर आफैंलाई गोली हानेका हुन् । प्रहरी रायले आफ्नै दाहिने कोखामा गोली हानेका छन् ।

घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिइन् ।

“रायको पेटमा गोली लागेको र यहाँ उपचार सम्भव नभएपछि एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौँ पठाएका छौँ”, प्रहरी उपरीक्षक सिग्देलल भनिन् ।

प्रहरी स्रोतका अनुसार प्रेम प्रस्ताव अस्वीकार हुँदा केहीबेर वादविवाद भइ राइफल खोसेर रायले आत्महत्याको प्रयास गरेका हुन् । आज प्रणय दिवस पनि भएकाले उनले ड्यूटीमा रहेकी ती महिला प्रहरीलाई प्रेम प्रस्ताव गरेका थिए । दुवै प्रहरी अविवाहित हुन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ११ : ०५ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ