'गिरिजाबाबु'बारे प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवार र अराजनीतिक : डा. कोइराला | Khabarhub Khabarhub

‘गिरिजाबाबु’बारे प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवार र अराजनीतिक : डा. कोइराला


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष  पुष्प कमल दाहाल ‘प्रचण्ड’ले  दिएको अभिव्यक्ति गैरजिम्मेवार र अराजनीतिक भएको बताएका छन् ।

विहीबार एक कार्यक्रममा अध्यक्ष प्रचण्डले स्व. गिरिजाप्रसाद कोइरालाका बारेमा दिएको अभिव्यक्ति गैर जिम्मेवार र अराजनीतिक भएको बताएका हुन् ।

‘प्रचण्डजीले गिरिजाप्रसाद कोइरालाबारे दिनुभएको अभिव्यक्ति अत्यन्तै गैरजिम्मेवार र अराजनीतिक छ। जसरी गिरिजाबाबुको कद घटाउॅने प्रयास गरियो त्यो अत्यन्तै निन्दनीय छ।’, नेता कोइरालाले भने, ‘ प्रचण्डजी अझै द्वन्द्वकालीन मुद्दाबाट डराइरहनु भएको र यसबाट उन्मुक्ति पाउन यस्तो बोलेको जस्तो देखिन्छ।’

नेता कोइरालाले आफू पनि १२ बुँदे सहमतिमा सहभागी भएको जनाउँदै स्व. गिरिजाप्रसाद कोइरालाले प्रचण्डसँग कहिले पनी त्यस्तो कुरा नगरेको बताए ।

उनले ऐतिहाँसिक व्यक्तित्वको छविमाथी जसरी हिलो छ्याप्ने प्रयास गरियो यसबाट प्रचण्डले ईतिहासमा ठूलो मुल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।

अध्यक्ष प्रचण्डले ‘जनयुद्ध’ का बेला कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ठूल्ठूला आक्रमण गर्न सुझाउने गरेको अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ५ : ३८ बजे

प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा उर्लाबारीका किसानले किने हार्भेस्टर मेशिन, धान काट्न सजिलो हुने

उर्लाबारी- कोशी प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा मोरङको उर्लाबारी नगरपालिका–९

महानगरभित्र फोहर तथा प्लास्टिकजन्य बस्तु बाल्न प्रतिबन्ध 

काठमाडौं– काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य

सुरक्षण मुद्रण केन्द्रको सञ्चालनपछि अर्बौँको बचत

काभ्रेपलान्चोक- काभ्रेपलान्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ

उमा कुङफुको ग्रोडिङ

काठमाडौं– नेपाल उमा कुङफु संघको आयोजनामा स्वयम्भूस्थित स्प्रिङसाइन नेसनल स्कुलका

 क्लाउड फ्याक्ट्रीलाई कर्पोरेट क्रिकेटको उपाधि

काठमाडौं– तेस्रो संस्करणको सीई कर्पोरेट टि–टेन इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि