राष्ट्रियसभा सदस्य उपाध्यायको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त | Khabarhub Khabarhub

राष्ट्रियसभा सदस्य उपाध्यायको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेसको संसदीय दलले राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेको छ ।

काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाण र राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले आज छुट्टाछुट्टै विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ।

क्यान्सर रोगबाट पीडित सांसद उपाध्यायको ५१ वर्षको उमेरमा आज निधन भएको हो । उनीहरुले सांसद उपाध्यायले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको सङ्गठनमा सक्रिय योगदान पुर्‍याउनुभएको उल्लेख गर्दै उपाध्यायको निधनले राष्ट्र र काँग्रेसलाई अपूरणीय क्षती पुगेको बताए ।

वि.सं. २०२६ मा जन्मनु भएका उपाध्याय २०४६ सालको जनआन्दोलनदेखि काँग्रेसमा सक्रिय रहँदै आएका थिए । वि.सं. २०५४ को स्थानीय निर्वाचनमा रुपन्देहीको साबिक मधुवनी गाविसमा उहाँ उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

काँग्रेसको १२ औँ र १३ औँ महाधिवेशनमा उपाध्याय दुई कार्यकाल क्षेत्रीय सभापति समेत भएका थिए । विसं २०७४ मा उनी काँग्रेसका तर्फबाट प्रदेश नं ५ बाट राष्ट्रियसभाको सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ८ : २५ बजे

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै , विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

 काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु