राष्ट्रियसभा सदस्य उपाध्यायको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त « Khabarhub

राष्ट्रियसभा सदस्य उपाध्यायको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेसको संसदीय दलले राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेको छ ।

काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाण र राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले आज छुट्टाछुट्टै विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ।

क्यान्सर रोगबाट पीडित सांसद उपाध्यायको ५१ वर्षको उमेरमा आज निधन भएको हो । उनीहरुले सांसद उपाध्यायले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको सङ्गठनमा सक्रिय योगदान पुर्‍याउनुभएको उल्लेख गर्दै उपाध्यायको निधनले राष्ट्र र काँग्रेसलाई अपूरणीय क्षती पुगेको बताए ।

वि.सं. २०२६ मा जन्मनु भएका उपाध्याय २०४६ सालको जनआन्दोलनदेखि काँग्रेसमा सक्रिय रहँदै आएका थिए । वि.सं. २०५४ को स्थानीय निर्वाचनमा रुपन्देहीको साबिक मधुवनी गाविसमा उहाँ उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

काँग्रेसको १२ औँ र १३ औँ महाधिवेशनमा उपाध्याय दुई कार्यकाल क्षेत्रीय सभापति समेत भएका थिए । विसं २०७४ मा उनी काँग्रेसका तर्फबाट प्रदेश नं ५ बाट राष्ट्रियसभाको सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ८ : २५ बजे

ललितपुरमा ‘हरित उत्सव : परिवर्तनका लागि महिला नेतृत्व’ अभियान सुरु (तस्बिरहरू)

ललितपुर– जलवायु न्याय तथा सामुदायिक उत्थानका क्षेत्रमा काम गर्दै आएको

किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

किएभ– युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण

चार क्विन्टल गाँजासहित चार जना पक्राउ

सुनसरी– बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित

युवा आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब

नयाँदिल्ली-  युवा नेतृत्वमा भएको विरोध प्रदर्शनका कारण भारतका शिक्षामन्त्रीले राजीनामा दिएको

कृषिउपज संकलन तथा बजारीकरण केन्द्र निर्माण हुँदै

भोजपुर– भारत सरकारको सहयोगमा टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा १० करोड लागतमा आधुनिक