म्यान्चेष्टर सिटीलाई २ बर्ष खेल्न प्रतिबन्ध « Khabarhub

म्यान्चेष्टर सिटीलाई २ बर्ष खेल्न प्रतिबन्ध


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस क्लव म्यान्चेष्टर सिटीले २ बर्ष युरोपियन क्लब प्रतियोगिता खेल्न नपाउने भएको छ ।

युरोपेली फुटबल महासंघले प्रियिमर लिग क्लब सिटीलाई आगामी दुई सिजनका लागि प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको हो ।

युईएफएको क्लब लाईसेन्सिङ र फाईनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा सिटीमाथि प्रतिबन्ध लगाईएको हो । यस्तै प्रिमियर लिगको गत बर्षको विजेतालाई ३० मिलियन युरो जरिवाना समेत गरिएको छ ।

सिटीले निर्णयले आफु निराश भएपनि कुनै अचम्मित नभएको बताएको छ । निर्णयबिरुद्द सिटीले कोर्ट अफ आर्बिटेशन अफ स्पोर्ट्समा अपिल गर्न पाउनेछ ।

प्रायोजन बापतको रकम खातामा गलत देखाएर सन् २०१२ देखि २०१६ सम्म युईएफएमा बुझाएको देखिएकाले युईएफएले कारबाही गरेको विज्ञप्तिमा उल्लेख  छ ।

सिटीले गत सिजनमात्र च्याम्पियन्स लिगबाट ८६ मिलियन पाउण्ड आम्दानी गरेको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ६ : २७ बजे

एमालेले महाधिवेशनबाट गल्ती सच्याएर जनतामाझ जानुपर्छ : सुहाङ नेम्बाङ

काठमाडौं- नेकपा एमालेको ११ महाधिवेशन सुरु हुन अब दुई दिन

भारतमा १२ वर्षीय नेपाली बालक मृत भेटिए, मिर्गौला झिकेर हत्या गरेको आशंका

काठमाडौं– अछामको ढकारी गाउँपालिका–२ फाँटाबगर घर भई हाल भारतको पुना

प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौं– जेन-जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण

२५ केन्द्रीय सदस्य पदका लागि यी यस्ता छन् युवा आंकाक्षी 

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि