मध्यावधि चुनाव : रिपब्लिकनको पकड रहेका पाँच राज्यमा डेमोक्रेटिक उम्मेदवार अगाडि « Khabarhub

मध्यावधि चुनाव : रिपब्लिकनको पकड रहेका पाँच राज्यमा डेमोक्रेटिक उम्मेदवार अगाडि


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा डेमोक्रेटिक पार्टीका उम्मेदवारहरूले रिपब्लिकन पार्टीको बलियो पकड रहेका पाँच राज्यमा सिनेटका लागि अग्रता हासिल गरेका छन् ।

न्युयोर्क टाइम्स र सिएना विश्वविद्यालयले गरेको सर्वेक्षणअनुसार टेक्सास, कन्सास, मेन, ओहायो र अलास्कामा डेमोक्रेटिक उम्मेदवारहरू आफ्ना रिपब्लिकन प्रतिस्पर्धीभन्दा अगाडि देखिएका हुन् । आयोवामा भने दुवै दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

सर्वेक्षणमा टेक्सासमा डेमोक्रेटिक उम्मेदवार जेम्स तालारिकोले रिपब्लिकन केन प्याक्सटनलाई ५०–४३ प्रतिशतले पछाडि पारेका छन् । त्यस्तै, कन्सासमा क्रिस ह्यामिल्टनले रोजर मार्सललाई ४९–४४ प्रतिशत र मेनमा ग्राहम प्लाटनरले सुसान कोलिन्सलाई ५१–४५ प्रतिशतले पछि पारेका छन् ।

ओहायोमा सेरोड ब्राउन र अलास्कामा मेरी पेल्टोला पनि आफ्ना रिपब्लिकन प्रतिस्पर्धीभन्दा अगाडि हुनुहुन्छ । आयोवामा डेमोक्रेटिक उम्मेदवार जोश टुरेकले ४८ प्रतिशत र रिपब्लिकन उम्मेदवार एस्ले हिन्सनले ४७ प्रतिशत समर्थन पाएका छन् । मिशिगनमा अब्दुल एल–सायेद ५३ प्रतिशत समर्थनसहित अग्रस्थानमा छन्।

सर्वेक्षणले राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति बढ्दो असन्तुष्टि र जीवनयापनको महँगीलाई चुनावका प्रमुख मुद्दाका रूपमा देखाएको छ । सर्वेक्षणमा सहभागी सात राज्यका मतदातामध्ये ३८ प्रतिशतले मात्रै ट्रम्पको कार्यसम्पादनप्रति समर्थन जनाएका छन् । जीवनयापन खर्चको मुद्दामा डेमोक्रेटिक पार्टीले रिपब्लिकनलाई नौ प्रतिशत अङ्कले पछाडि पारेको छ ।

हाल सिनेटमा बहुमत हासिल गर्न डेमोक्रेटिक पार्टीले रिपब्लिकनका कम्तीमा चार सिट जित्नुपर्नेछ । नोभेम्बर ३ मा हुने निर्वाचनमा प्रतिनिधिसभाका सबै ४३५ र सिनेटका ३५ सिटका लागि मतदान हुँदैछ ।

सर्वेक्षणले सिनेटमा डेमोक्रेटिक पार्टीको प्रभाव बढ्ने सम्भावना देखाए पनि अन्तिम परिणाम भने मतदाताको मतदानले निर्धारण गर्नेछ ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  १ : १४ बजे

कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत सोमबारको पहिलो खेलमा

न्यायाधीशबारेका समाचारमा सर्वोच्चको ध्यानाकर्षण, निष्पक्ष छानबिन गर्न आग्रह

काठमाडौँ – सर्वोच्च अदालतको फूलकोर्ट बैठकले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूबारे सञ्चारमाध्यममा

देशभर सात हजार ६८८ विपद्का घटना, ४०२ जनाको मृत्यु, १७ बेपत्ता

काठमाडौँ– चालु वर्षको वैशाख १ गतेदेखि आज कात्तिक १६ गतेसम्म

सिंहदरबारमा प्रतिपक्षी दलको बैठक, के छन् एजेण्डा ?

काठमाडौँ– सरकारको कार्यशैली र संविधान तथा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै

प्रचारप्रसार नहुँदा ओझेलमा धैबुङ कालिका मन्दिर

रसुवा– धैबुङ  कालिका  मन्दिर ओझेलमा परेको छ । आवश्यक प्रचारप्रसार