म्यासेज प्रकरणपछि सर्वोच्चका न्यायाधीशहरू फूलकोर्टमा, इजलास प्रभावित « Khabarhub

म्यासेज प्रकरणपछि सर्वोच्चका न्यायाधीशहरू फूलकोर्टमा, इजलास प्रभावित


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश हरि फुयालबीचको ह्वाट्सएप संवाद सार्वजनिक भएपछि सर्वोच्च अदालतका न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन् ।

सोमबार बिहानदेखि प्रधानन्यायाधीश शर्माले बोलाएको फूलकोर्ट जारी छ । बैठक लम्बिएपछि पेसी सूची प्रकाशित भइसके पनि न्यायाधीशहरू इजलासमा उपस्थित भएका छैनन् । यसले सोमबारको नियमित सुनुवाइसमेत प्रभावित भएको छ ।

सर्वोच्च अदालत प्रशासनका अनुसार फूलकोर्ट कम्तीमा खाजा खाने समयसम्म चल्ने सम्भावना छ । त्यसपछि मात्रै न्यायाधीशहरू इजलासमा जानेछन् ।

प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयालबीचको ह्वाट्सएप म्यासेजसहित अन्य विवरण सार्वजनिक भएपछि सर्वोच्च अदालतभित्र त्यसबारे प्रश्न उठेको थियो । सोही विषयमा छलफल गर्न प्रधानन्यायाधीश शर्माले सोमबार फूलकोर्ट आह्वान गरेका हुन् ।

यसै प्रकरणलाई लिएर सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पनि प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याउने विषयमा छलफल भएको थियो । रास्वपाले यसबारे आवश्यक निर्णय गर्ने जिम्मेवारी संसदीय दललाई दिइसकेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  १ : ०६ बजे

कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत सोमबारको पहिलो खेलमा

न्यायाधीशबारेका समाचारमा सर्वोच्चको ध्यानाकर्षण, निष्पक्ष छानबिन गर्न आग्रह

काठमाडौँ – सर्वोच्च अदालतको फूलकोर्ट बैठकले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूबारे सञ्चारमाध्यममा

देशभर सात हजार ६८८ विपद्का घटना, ४०२ जनाको मृत्यु, १७ बेपत्ता

काठमाडौँ– चालु वर्षको वैशाख १ गतेदेखि आज कात्तिक १६ गतेसम्म

सिंहदरबारमा प्रतिपक्षी दलको बैठक, के छन् एजेण्डा ?

काठमाडौँ– सरकारको कार्यशैली र संविधान तथा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै

प्रचारप्रसार नहुँदा ओझेलमा धैबुङ कालिका मन्दिर

रसुवा– धैबुङ  कालिका  मन्दिर ओझेलमा परेको छ । आवश्यक प्रचारप्रसार