प्रधानमन्त्री ओलीको सम्बोधन शुरु, सुरुवातमै कांग्रेसलाई कटाक्ष (भिडियो) « Khabarhub

प्रधानमन्त्री ओलीको सम्बोधन शुरु, सुरुवातमै कांग्रेसलाई कटाक्ष (भिडियो)


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

eकाठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन शुरु गरेका छन ।

आफ्नो कार्यकाल २ बर्ष पुगेको उपलक्ष्यमा अहिले संसदमा सम्बोधन गरिरहेका प्रधानमन्त्री ओलीले सुरुवातमै कांग्रेसलाई कटाक्ष गरेका छन ।

गत बर्ष सरकारको उपलब्धिबारे संसदमार्फत जानकारी गराउन खोज्दा पालोको बिषय लिएर कांग्रेसले गरेको अवरोधलाई स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘गत बर्ष मैले यसै गरी कामको प्रतिबेदन जानकारी गराउने प्रयास गरेको थिए । त्यतिबेलाको कारण र प्रयासबारे जान चाहन्न । लोकतान्त्रिक अभ्यास हुन सको कि सकेन । जननिर्वाचित प्रधानमन्त्रीले कुरा राख्न पाइन तर आज मलाई खुशी लागेको छ, सदनमै बोल्ने बातावरण बनेको छ ।’

आफ्नो कार्यकालको सुरुवाती एक बर्षलाई आधार बर्ष भनेको बताउँदै ओलीले २ बर्षको कार्यकाल गुजारिरहँदा विकासको आरम्भ शुरु भइसकेको उल्लेख गरे ।

पहिलो बर्षलाई कानून निर्माण र संघीयता कार्यान्वयनका आवश्यक संरचना निर्माणमै गुज्रिए पनि अझै कानून निर्माणका काम जारी रहेको उनले उल्लेख गरे ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले गत २५ कानून निर्माण भएकोमा यो बर्ष प्रमाणिकरण हुन बाँकि समेत गरी ५५ कानून तयार भएको जानकारी दिए ।

लोकतन्त्र संकटमा परेको भन्ने हल्लकाप्रति पनि ओलीले कांग्रेसलाई कटाक्ष गरेका छन । ‘आम निर्वाचनताका एउटा चलेको थियो कि कम्युनिष्टको सरकार चले हास्न त के रुन पनि पाइन्न भन्ने  । यसलाई खुब दोराएको पाइयो तर वास्तविकता त्यस्तो थिएन ।’ ओलीले भने ।

प्रधानमन्त्री ओलीको सम्बोधन

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ११ : ४२ बजे

लाओसविरुद्धको खेलका लागि टोली घोषणा : अञ्जन विष्ट अटाएनन्

काठमाडौँ – मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले सर्वाधिक १३ गोलको कीर्तिमान

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ

आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी

काठमाडौँ– सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको

लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

सिरहा– सिरहाको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार

विशाल लक्ष्यमा मुम्बईको जित : बने महत्त्वपूर्ण रेकर्ड

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले ऐतिहासिक जित