नेपालीलाई सुरक्षित राखेकोमा चीनलाई धन्यवाद : ओली « Khabarhub

नेपालीलाई सुरक्षित राखेकोमा चीनलाई धन्यवाद : ओली


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको कोरोना प्रभावित क्षेत्रमा रहेका नेपालीलाई भोलि नेपाल ल्याइने बताएका छन् ।

आज संसदमा सम्बोधन गर्दै प्रधानमन्त्रीले चीनमा रहेका नेपालीलाई लिन आज जहाज जाने र भोलि नेपाल ल्याइपुर्याउने बताए ।

कोरोना भाइरसले समस्या सिर्जना गरिरहेको बताउँदै उनले चीनबाट शुरु भएका कारण हामीलाई पनि प्रत्यक्ष असर पर्ने देखिएको बताए ।

कोरोना नियन्त्रणका लागि चीनले गरेको काम प्रशंशायोग्य रहेको भन्दै चीनले नेपालीलाई सुरक्षित राखेको बताए । चीनले सुरक्षित रुपमा राख्दा अहिलेसम्म नेपालीहरुमा संक्रमित नभएको उनले बताए ।

‘चीनबाट हाम्रा नेपाली विद्यार्थी आज नेपाल ल्याउँदैछौं । आज गएपछि नेपाली जहाज भोलि आइपुग्छ,’ प्रधानमन्त्रीले भने, ‘उनीहरुलाई राख्ने उचित प्रवन्ध गर्नेछौं । नेपाली विद्यार्थीहरु र नेपाली समुदायलाई चीनले जसरी राम्रोसँग देखभाल राखेर सुरक्षित राखेको चीनलाई धन्यवाद दिन चाहन्छु ।’

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  १२ : २४ बजे

एकता जोगाउन नसकेको स्वीकार्दै शेखरले भने : हामी सबै चुक्यौँ, ‘नियतिको खेल’ नै यस्तै भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने

माघे संक्रान्तिमा मगर समुदायको झाँकी र र्‍याली (तस्बिरहरू)

काठमाडौं- आज माघे सङ्क्रान्ति । माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु

एजेन्सी– खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते