ए डिभिजन लिग : विजेता मछिन्द्रले ५० लाख पाउँदा कुन क्लबले कति जिते ? « Khabarhub

ए डिभिजन लिग : विजेता मछिन्द्रले ५० लाख पाउँदा कुन क्लबले कति जिते ?


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सहिद स्मारक ए डिभिजन लिग फुटबलको यो सिजन मछिन्द्रले जीतेको छ ।

शनिवार सम्पन्न खेलमा शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले लिगमा ऐतिहासिक उपाधि जितेको हो । यो मछिन्द्रको पहिलो ‘ए’ लिग उपाधि हो ।

लिगको उपाधिका लागि खन्तिम खेलसम्म नै कुर्नु परेको थियो । मछिन्द्रको जितमा आत्मघाती गोल निर्णायक बन्यो । निकै रोमान्चक बनेको खेलको ३३ औं मिनेटमा आर्मीका विकास तामाङले आत्मघाती गोल गरेका थिए ।

उपाधिसँगै मछिन्द्रले ५० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता आर्मीले ३५ लाखमा चित्त बुझाएको छ ।

एन्फाले यस सिजन शीर्ष ६ मा रहने टिमलाई पुरस्कृत गरिएको छ ।

कुन क्लबले कति पाए पुरस्कार ?

विजेता – मछिन्द्र – ५० लाख
उपविजेता – आर्मी – ३५ लाख
तेस्रो – मनाङ मर्स्याङ्दी क्लब – २५ लाख
चौंथो – थ्री स्टार क्लब – १५ लाख
पाँचौं – नेपाल पुलिस क्लब – ७ लाख
छैटौं – जावलाखेल युथ क्लबले  ५ लाख पुरस्कार जितेको छ ।

यस्तै फेरय प्ले अवार्ड थ्री स्टारले जितेको छ । उसले १ लाख ५० हजार हात पारेको हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ४ : ५० बजे

सम्बन्धमा धोका र न्यायमा ढिलासुस्तीले बिकराल बन्दै मनोसामाजिक समस्या

काठमाडौँ – नेकपा (एमाले) का सचिव महेश बस्नेतमाथि कारबाहीको माग

राष्ट्रियसभा बैठक बस्दै, आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात : कतार आठ विकेटले पराजित

काठमाडौँ– मलेसियामा आजबाट सुरु एसिसी महिला प्रिमियर कपमा नेपालले विजयी

मकैको खोस्टा उपयोगका लागि तालिम

तनहुँ– केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा थुप्रिने खोस्टा

एसिसी प्रिमियर कप : कतारले नेपाललाई दियो ७७ रनको चुनौती

काठमाडौँ– मलेसियामा आजबाट सुरु एसिसी महिला प्रिमियर कपको पहिलो खेलमा