तालिबान र अमेरिकाबीच एक साताका लागि हिंसा अन्त्य गर्ने सम्झौता « Khabarhub

तालिबान र अमेरिकाबीच एक साताका लागि हिंसा अन्त्य गर्ने सम्झौता


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– अफगानिस्तानमा युद्धरत लडाकु समूह तालिबान र अमेरिकाबीच एक साताका लागि हिंसा अन्त्य गर्ने सम्झौता भएको छ ।

कतारको राजधानी दोहामा अमेरिकी तथा तालिबानको राजनीतिक समूहबीच जारी वार्ताका क्रममा अफगानिस्तानमा एक साताका लागि हिंसा रोक्ने सम्झौता भएको हो ।

जर्मनीको म्युनिखमा आयोजित एक सुरक्षा सम्मेलनमा अफगान राष्ट्रपति अशरफ घानी र अमेरिकी रक्षामन्त्री मार्क एस्पर एवं अमेरिकी विदेशमन्त्री माइक पोम्पेओबीच भेटवार्ता भएलगत्तै अमेरिका र तालिबानबीच भएको सम्झौता सार्वजनिक गरिएको हो ।

हिंसा अन्त्य गर्ने साता लामो समयावधि तत्काल शुरु नभइसकेपनि चाँडै शुरु हुने अमेरिकी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । यो सम्झौता पालना भएको खण्डमा अमेरिकाले १८ वर्ष देखि युद्धग्रस्त रहेको अफगानिस्तानबाट आफ्नो सेना फिर्ता लैजान बाटो खुल्ने जनाइएको छ ।

यद्यपि तालिबानले यो सम्झौताको पालना गर्छ गर्दैन भन्ने विषयले अमेरिकी सेना फिर्तीको सम्झौता निर्धारण गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि अमेरिकाले आफ्नो सेना फिर्ता लैजानेगरी यही फेब्रुअरी महिनाको अन्त्यसम्म सम्झौता भइसक्ने समाचार सार्वजनिक भएको थियो ।

यो सम्झौताबारे अफगान सरकार वा तालिबानबाट भने कुनै टिप्पणी सार्वजनिक भइसकेको छैन ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ५ : ३६ बजे

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको

एमाले संसदीय दलको जिम्मेवारी पाए खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६

चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन

चितवन– चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ