रियाद र अबुधाबीमा आक्रमण गर्ने हुथी लडाकुको चेतावनी | Khabarhub Khabarhub

रियाद र अबुधाबीमा आक्रमण गर्ने हुथी लडाकुको चेतावनी


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यमन– यमनमा सक्रिय हुथी शिया लडाकु समूहले साउदी अरब नेतृत्वको गठबन्धनले संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्धविराम सम्झौता उल्लङ्घन गरे साउदी अरबको राजधानी रियाद र युनाइटेड अरब इमिरेट्सको राजधानी अबुधाबीसम्म आक्रमण गर्नसक्ने चेतावनी दिएको छ ।

हुथी विद्रोही लडाकुले लाल सागरको तटमा रहेको यमनी शहर होदाइदामा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्धविराम सम्झौता साउदी अरब नेतृत्वको गठबन्धनले उल्लङ्घन गरेमा रियाद र अबुधाबीसम्म आक्रमण गर्ने चेतावनी दिएको हो ।

साउदी अरब नेतृत्वको गठबन्धनले युद्धविराम सम्झौताको उल्लङ्घन गर्दै होदाइदा बन्दरगाहमा सैनिक आक्रमण गर्ने सूचना आएकाले त्यस्तो दुस्साहस नगर्न हुथी विद्रोहीले चेतावनी दिएको हो ।

हुथी विद्रोहीले सञ्चालन गरेको साबा समाचार संस्थाले जनाएअनुसार समूहसँग लामो दुरीसम्म मार हान्न सक्ने क्षेप्यास्त्रको भण्डार रहेको तथा अझ नयाँ क्षेप्यास्त्रहरुको विकास गरिरहेकाले आफूहरुलाई रियाद र अबुधाबीसम्म आक्रमण गर्न असम्भव नरहेको जनाएको हो ।

गत डिसेम्बरमा स्वीडेनको राजधानी स्टकहोल्ममा साउदी अरब नेतृत्वको गठबन्धन तथा हुथी लडाकुका प्रतिनिधिबीच संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्धविराम सम्झौतामा लाल सागरको तटमा रहेको होदाइदा बन्दरगाहमा हिंसा बन्द गर्ने सहमति बनेको थियो ।

यद्यपि त्यहाँ हिंसा अझै नरोकिएको बताइएको छ । युद्धविराम सम्झौता पूर्ण रुपमा लागू हुन नसक्नुमा साउदी अरब नेतृत्वको गठबन्धन तथा हुथी विद्रोही एकले अर्कालाई दोषरोपण गर्दै आएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ८ : ४२ बजे

एल क्लासिकोमा रियल म्याड्रिड विजयी, बार्सिलोना स्तब्ध

काठमाडौं – स्पेनको चर्चित फुटबल प्रतिस्पर्धा ‘एल क्लासिको’मा रियल म्याड्रिडले

हिमाली क्षेत्रको यात्रामा निस्कनुअघि मौसमबारे जानकारी लिन अनुरोध

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमाली तथा

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध बिहीबार सुनुवाइ

काठमाडौँ– विभिन्न देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा

प्रिमियर लिग: म्यानचेस्टर सिटी भिल्लासँग स्तब्ध

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा

अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी आरोहीको मृत्यु

काठमाडौँ- जारी शरद ऋतुमा अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी